ताजा अपडेट

ट्रेन्डिङ

सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने: बिजुक्छेँ

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ २४, २०८१
1042 पटक हेरिएको
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने: बिजुक्छेँ

बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने बताए । नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको बताउँदै उनले भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैमा विश्वविद्यालयका महत्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको उल्लेख गरे ।

कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाण पत्र (क्यु.ए.ए.) प्राप्त गर्ने भक्तपुर जिल्लाको पहिलो सामुदायिक कलेज भएको बताउँदै यससँगै बागीश्वरीमा नयाँ नयाँ विषयहरू अध्ययन अध्यापनको लागि सहजता मिलेको बताए। साथै उनले बागीश्वरीले हरेक विद्यार्थीहरूलाई योग्य, दक्ष र अनुशासित बनाउने प्रयास गरिरहेको बताए ।

FB IMG 1738847882658

नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, चक्रबहादुर चाकतु, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा वार्षिकोत्सवका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य र बागीश्वरी पूर्वविद्यार्थी समाजका रत्नप्रसाद प्रजापति, विद्यार्थी प्रतिनिधिहरू मनोज कुटुवा, सगुन धन्छा, काजल थापाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले बागीश्वरी स्मारिका विमोचन गरेका थिए भने प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार वितरण, सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गरिएको थियो ।

FB IMG 1738847719345

FB IMG 1738847705538

FB IMG 1738847694097

FB IMG 1738847687574