ताजा अपडेट

ट्रेन्डिङ

बिनायक +२ काे खेलकुद सप्ताह सुरू

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ २५, २०८१
500 पटक हेरिएको
बिनायक +२ काे खेलकुद सप्ताह सुरू

शैक्षिक क्षेत्रसंगै अतिरिक्त कृयाकलापमा पनि उत्कृष्ट बिद्यालयकाे छवि बनाउन सफल बिनायक शिक्षा निकेतन, मध्यपुर थिमि अन्तर्गत बिनायक +२ काे खेलकुद सप्ताह शुरू भएकाे छ ।

ड्रिम सिन्धु फुटसल, निकाेसेरामा भएकाे सम्पन्न पहिलाे दिनकाे पहिलाे खेल अन्तर-सदन फुटसल लिग खेलकाे उद्घाटन फुटसल राष्ट्रिय खेलाडी श्री रजत तिवारीज्यूकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे भने बिद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिकाे सभापतित्वमा भएकाे समापन समाराेह ‘ए’ डिभिजन काेच बालगाेपाल साहुखलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

FB IMG 1738934115291

अाजै सम्पन्न ‘टग अफ वार’ काे पनि बिजेता बिद्यार्थीहरूसंगै उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार बितरण गर्दै प्रमुख अतिथि साहुखलले खेलकुदलाई जीवनशैली बनाउन सकेकाे खण्डमा बिद्यार्थीहरूमा जीवनाेपयाेगी सीपहरू हुने र जीवन सहज रूपमा अघि बढ्न सक्ने बिचार व्यक्त गरे ।

बिनायक +२ का संयाेजक तुल्सीहरि प्रजापतिले स्वागत मन्तव्य राख्दै खेलकुदले बिद्यार्थीहरूलाई अनुशासित बनाउने र अनुशासित बिद्यार्थीहरू देशका असल नागरिक बन्ने कुरा बताए ।

शिक्षिका लक्ष्मी मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रममा सभापति प्रजापतिले धन्यवाद मन्तव्य राख्दै आफूलाई मनपर्ने खेल खेल्नाले बिद्यार्थीहरू भाेलि आफ्नाे खुट्टामा आफै उभिन सक्ने बताए ।

FB IMG 1738933630703

विभिन्न खेलहरूमा सहभागी गराउँदै ३ दिनसम्म चल्ने उक्त खेलकुदकाे संयाेजन अनुशासन संयाेजक अमन श्रेष्ठले गरेको छ ।