चाँगुनारायण न.पा.वडा नम्बर ५, साईनिङ्ग राेड, पकुनेपाटी, भक्तपुरस्थित साईनिङ्ग ईङ्गलिस सेकेन्डरी स्कुलमा माघ २६ गते शनिवारका दिन सकारात्मक अभिभाकत्व कला अभिमूखिकरण तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षक तथा परामर्शदाता तुलसी हरि प्रजापतिद्वारा प्रशिक्षण गरिएको सो कार्यक्रम अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्कुल स्कुल सञ्चालक समिति अध्यक्ष बिक्रम ढुकुछुले असल अभिभावक तथा स्कुलको जिम्मेवारीको विषयमा मन्तव्य राख्दै स्कुलले अबका दिनमा प्रोग्रेसिभ एजुकेसनलाई अगाडि बढाएर लाने कुरामा जोड दिए र अभिभावकहरुले उक्त कुराको महसुस गर्न पाउने विश्वास दिलाएका थिए । साथै उनले शिक्षकहरू पनि आफू पनि परिवर्तन हुनपर्ने कुरामा जोड दिएका थिए ।

प्रिन्सिपल लक्ष्मी खाताखाेले सम्पुर्ण अभिभावकहरू, प्रशिक्षक, अतिथि, वर्गहरू, ईन्चार्ज, शिक्षकहरुलाई तथा कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।