मध्यपुर सामुदायिक विद्यालय समितिकाे आयाेजनामा सेवानिवृत्त प्रअकाे बधाई, बिदाई तथा सम्मान र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान कार्यक्रम माघ २६ गते शनिबारका दिन आदर्श माध्यमिक विद्यालय, लायकु थिमिकाे सभाहलमा सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ प्रमुख आतिथ्यमा तथा नगरपालिका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हो ।
कार्यक्रममा बालप्रेमी माविमा ३९ वर्ष शिक्षण सेवा गरी विद्यालयकाे प्रधानाध्यापक पदबाट सेवानिवृत्त हुनु भएकी समितिका निवर्तमान अध्यक्ष समेत रहनुभएकी चरणकेशरी श्रेष्ठलाई दाेसल्ला, फूलामाला तथा सम्मानपत्रद्वारा सम्मान गरिएकाे थियाे ।
साथै समितिद्वारा हालै सञ्चालित SEE पूर्व तयारी परीक्षा(Pre -SEE) मा उत्कृष्ट स्थान हासिल गर्ने पाँच जना विद्यार्थीहरूलाई नगद पुरस्कारसहित कदरपत्रबाट सम्मान गरियाे । विद्यार्थीहरू युनिशा तिम्सिना -आमावि, सानाेठिमी, लुनिभा श्रेष्ठ – आमावि, लायकु, मञ्जिला डंगाेल -आमावि, सानाेठिमी, संदीप राई – आमावि, लायकु र अन्जिला मिश्र – जनक सि. मावि लाई पुरस्कार राशी क्रमश: रू. ४०००, ३०००, २०००, १५०० र १००० सहित पुरस्कृष्ट गरिएको थियो ।
अनिवार्य अवकाशकाे राेलक्रमकाे अग्रपंक्तिमा रहेका प्रधानाध्यापक अध्यक्ष हुने समितिकाे व्यवस्था अन्तर्गत वर्तमान अध्यक्ष रहनु भएका बाेडे माविका प्रधानाध्यापक हरिबहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू सूर्य बहादुर कार्की, प्रतिमान नानिचा श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ र बाल मुकुण्द श्रेष्ठ तथा शिक्षा शाखा प्रतिनिधि कुमारी शान्ति धामी आतिथ्यमा भएकाे थियाे ।
सम्मानित हुनेहरूलाई प्रमुख अतिथ उपप्रमख श्रेष्ठ र विशेष अतिथि भट्ट तथा पूर्व प्रधानाध्यापक एवम् समितिका संस्थापक अध्यक्ष सूर्व बहादुर कार्की लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
सम्मानित निवर्तमान प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ तथा पुरस्कृष्ट हुने विद्यार्थीहरूका तर्फबाट युनिशा तिम्सिनाले आ-आफ्ना अनुभूतिहरू सुनाएका थिए । प्रधानाध्यापकद्वय मञ्जु झा (जनक सि. मावि) र बिना देउजा(आस्था महिला विद्यालय)ले अतिथिहरूलाई खादाद्वारा सम्मान गरिएकाे कार्यक्रममा आदर्श मावि, सानेठिमीका प्रधानाध्यापक रामबाबु रेग्मीले स्वागत, गणेश माविका प्रधानाध्यापक केशव चरण श्रेष्ठले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रम समितिका सचिव एवम् आदर्श मावि, लायकु थिमिका प्रधानाध्यापक बुद्धिकुमार घाेले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सबै वक्ताहरूले सम्मानित हुने सेवानिवृत्त प्रअलाई हार्दिक बधाई तथा सुखद सेवानिवृत्त जीवनकाे शुभकामना दिए भने पुरस्कृत विद्यार्थीहरूलाई बधाईका साथै आउँदाे एस.ई.ई. परीक्षामा अझ उन्नत नतिजा पस्किन शुभकामना व्यक्त गरिएकाे थिषाे ।
