किकम्पा मन्टेसरीका विद्यार्थीहरू माघ २७ गते आइतवारका दिन Deerwolk Sifal School को आयोजनामा भएको 6th Deerwalk Art Exhibition मा सहभागी भएका छन । स्कूलका प्रिन्सिपल राजेश लाखाले स्कूलमा हुने अतिरिक्त क्रियाकलापमा मात्र सिमित नभई स्कूल बाहिर हुने एंव विभिन्न स्कूलबाट आमन्त्रित कार्यक्रममा सहभागिता जनाउँदै आएको कुरा बताए ।
Deerwalk Art Exhibition मा विभिन्न school museum tour, face painting, open mic, coloring sessions, game activities, food court लगायतका गतिविधिहरू थिए।
साथै Exhibition मा नेपाली मौलिकता झल्किने घरायसी वस्तुहरु, विभिन्न जातका सांस्कृतिक बाजागाजा र घरेलु उत्पादनका सामाग्री पनि रहेको जानकारी दिए ।
शैक्षिक प्रदर्शन बाहेका विभिन्न खेलकूद प्रतियोगिता रहेको उक्त कार्यक्रममा किकम्पा मन्टेसरीकाका विद्यार्थीहरूले सहभागिता जनाउदै पुरस्कृत पनि भएको कुरा Academic Incharge इन्दिरा आचार्यले जानकारी गराए ।

