ताजा अपडेट

ट्रेन्डिङ

सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक छात्रवृत्ति

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन १, २०८१
1380 पटक हेरिएको
सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक छात्रवृत्ति

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, हेटौंडाले सामुदायिक माध्यमिक विद्यालय/शिक्षालयमा कक्षा ११ वा सो सरहमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

बागमती प्रदेश सरकारबाट स्वीकृत शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० अनुसार सामुदायिक विद्यालय/शिक्षालयमा कक्षा ११ वा सो सरहमा कृषि, भेटरिनरी, सर्भेयर, सिभिल इन्जिनियर वा वन विज्ञान विषयमा पहिलो वर्ष/पहिलो सेमेस्टरमा अध्ययनरत बागमती प्रदेश भित्रका दलित, अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख जातिका तथा आर्थिक रूपले विपन्नका साथै लोकतन्त्र प्राप्तिका आन्दोलनका घाइते परिवारका छात्रछात्राहरूमध्ये बागमती प्रदेशका प्रत्येक स्थानीय तहबाट एक जना छात्र वा छात्रालाई भर्ना शुल्क र शिक्षण शुल्क बापतको रकम छात्रवृत्ति बापत प्रदान गर्ने जनाएको छ ।

विद्यार्थीहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आवश्यक कागजात सहित शैक्षिक छात्रवृत्ति निर्देशिका २०८० को अनुसूची १ को ढाँचामा आफ्नो स्थानीय तहमा निवेदन पेस गर्न सकिनेछ।

छात्रवृत्ति सम्बन्धी विस्तृत विवरण निर्देशनालयको वेबसाइट edd.bagamati.gov.np मा हेर्न सकिनेछ।

20250213 092247