ताजा अपडेट

ट्रेन्डिङ

रजत जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै स्वप्रिङ एकेडेमी

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन ३, २०८१
504 पटक हेरिएको
रजत जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै स्वप्रिङ एकेडेमी

स्वप्रिङ इङ्गलिस एकेडेमी (मावि) ले विद्यालयको रजत जयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०५६ सालमा स्थापना भएको सो विद्यालयले स्थापनाकै दिन फागुन ८ गते एक विशेष समारोहविच रजत जयन्ती मनाउने भएको छ ।

रजत जयन्तीको अवसरमा विद्यालयले शनिबार विद्यालयले गरिरहेको गतिविधि, रजत जयन्ती तथा नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रमको विषयमा जानकारी दिन एक चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा विद्यालयका कार्यकारी समितिका अध्यक्ष दीपेन्द्र प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने उद्देश्यले नै केही युवाहरूले ख्वप्रिङ इङ्गलिस स्कूल स्थापना गरेको बताउँदै सबैको निरन्तर सहयोगले नै ख्वप्रिङ हालको स्थितिमा पुगेको उल्लेख गर्दै उनले मोडेल शैक्षिक स्थल बनाउने विद्यालयको उद्देश्य हो भने ।

विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले विद्यालयले सिकाइ गतिविधिबाहेक सांस्कृतिक, सामाजिक र खेलकुद क्षेत्रमा पनि विशेष ध्यान दिँदै आएको विचार व्यक्त गरे । विद्यालय सञ्चालनको क्रममा आइपरेका अनेकानेक समस्या र चुनौती पार गर्दै विद्यालयको छवि बनाउन निरन्तर लागिरेहको उनले बताए ।

विद्यालयको उत्थान र प्रगतिमा अभिभावक, शिक्षक शिक्षिका र सञ्चालकहरूको मात्र होइन समाजमा देखिने र नदेखिने व्यक्ति वा सामाजिक सङ्घ संस्थाको पनि उत्तिकै साथ र सहयोग रहेको प्रिन्सिपल प्रजापतिले बताए । साथै कृष्ण सुन्दर प्रजापतिले चियापान तथा भेटघाट कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे ।

FB IMG 1739670185112

सोही दिन हाडजोर्नी तथा मधुमेह रोगको स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। प्राप्त जानकारीअनुसार शिविरमा १०५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै विद्यालयले फागुन २ गते रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।

FB IMG 1739670246820

FB IMG 1739670200429

रजत जयन्तीको अवसरमा स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तथा एसईई उत्तीर्ण गरिसकेका पूर्व विद्यार्थीहरूको भेटघाट कार्यक्रम रहेको प्रिन्सिपल प्रजापतिले बताए ।

FB IMG 1739670654095