ताजा अपडेट

ट्रेन्डिङ

पिबिएलले विद्यार्थीलाई जुनसुकै ओहोदामा पनि सफल बनाउनेः डा. सुवाल

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन ४, २०८१
1393 पटक हेरिएको
पिबिएलले विद्यार्थीलाई जुनसुकै ओहोदामा पनि सफल बनाउनेः डा. सुवाल

महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले चौथो पिबिएल मेला २०८१ आज भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमलाई उदघाटन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले आजको युगमा शिक्षाले ज्ञान मात्र दिएर नपुग्ने जनाउँदै त्यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताए । कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको पिबिएल प्रोजेक्टहरुको प्रस्तुतीकरण नजिकबाट नियाल्दै प्रमुख अतिथि डा. सुवालले गोल्डेन गेटले अबलम्बन गर्दैआएको नवीनतम पिबिएल शिक्षण विधीले बच्चाहरुलाई आफै संलग्न भएर हेर्ने, देख्ने, छुने, अनुभव गर्ने र निर्माण गर्ने उत्कृष्ट अवसर दिएको र त्यस्तो अवसरले ज्ञान र सीपलाई कम्प्यूटरमा सफ्टवेयर ईन्स्टल गरेजस्तै मस्तिष्कमा दीर्घकालिन रुपमा अमीट बनाउने बताए ।

IMG 20250216 WA0004

साथै, उनले पिबिएलले सानै उमेरदेखि “रिसर्च मेथोडोलोजी”को समेत भरपूर प्रयोग गराएको देख्दा यसले विद्यार्थीहरुलाई जुनसुकै ओहोदामा पुर्याउन र सफल बनाउन सक्ने विश्वास प्रकट गर्दै विद्यालयको यस्तो प्रयासमा अभिभावकहरुको सहयोगी भूमिका अपरिहार्य रहने स्पष्ट पारे ।

विद्यालयले करीब ११ वर्ष अघि सिकाईको ध्येयलाई परिवर्तन गरी विद्यार्थीहरुको हरेक सिकाई अवसरलाई वास्तविक जीवन र जगतसँग जोडेर उनीहरुको वैयक्तिक बुद्धिमत्ता मुताबिकको विशिष्टिकृत सिकाई क्रियाकलापहरुमा संलग्न गराई उक्त गराईको अनुभव र अनुभवमा रिफ्लेक्शन मार्फत गहिरो सिकाई निर्माण गर्ने मल्टिपल ईज्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङ अर्थात एमआई पिबिएल पद्दतीको थालनी गरेको थियो भने शैक्षिक सत्र २०७५ देखि पिबिएल प्रोजेक्टहरुको सार्वजनिक प्रस्तुतीकरणका लागि वार्षिक रुपमा यस्तो मेला आयोजना गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै विशेष अतिथी काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र संकायमा स्टिम र पिबिएल शिक्षाका उपप्राध्यापक नवीन मरासिनीले गोल्डेन गेटले डा. होवार्ड गार्नरको मल्टिपल ईन्टेलिजेन्सेज सिद्धान्त र जोन डिवीद्वारा प्रतिपादित प्रोजेक्ट बेस्ड लर्निङको समिश्रणबाट विकास गरेको एमआई पिबिएल पद्दती नयाँ युग अनुकूलको सिकाईको लागि अत्यन्त उत्कृष्ट रहेको जनाउँदै विद्यालयले नेपालको सिकाई रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उपप्राध्यापक मरासिनीले अबको शिक्षा ज्ञानको स्मरण गराउने मात्र नभई हृदय, मस्तिष्क र हातलाई समेटने, एक्काईसौं शताब्दीका लागि आवश्यक विभिन्न सफ्ट स्किल्सहरुमा पोख्त बनाउने, बहुविषयको सट्टा अन्तरविषयक शिक्षण गर्ने र मल्टिपल ईन्टेलिजेन्सेज अनुसारका क्रियाकलापहरु गराउने खालको हुन अपरिहार्य भएको र शिक्षाको यी सबै आवश्यकताहरु पिबिएल पद्दतीले मात्रै पूरा गर्ने ठोकूवा गरे ।

प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले जीवनबाट बिमुख हुँदै निर्जिवन तर्फ उन्मुख बन्दै गएको शिक्षालाई जीवन्त बनाउन वास्तविक जीवन र जगतका विभिन्न परिवेशहरुबाट सिकाई निर्माण गराउन गोल्डेन गेटले एमआई पिबिएल पद्दती विकास गरेको जनाउँदै प्रोजेक्ट बेस्ड लर्निङको योजना निर्माण देखि कार्यान्वयन र मूल्यांकनसम्मका प्राविधिक पक्षहरुलाई विस्तृत रुपमा प्रस्तुत गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ६ का महिला जनप्रतिनिधी रोशन मैया सुवालले विद्यालयको अनुभवजन्य व्यावहारिक सिकाईको प्रशंसा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गर्दै आएको विविध गतिविधीहरुको जानकारी दिए । ग्रिनल्याण्ड पब्लिक स्कूल, चितवनका पिबिएल मेन्टर मिलन न्यौपानेले गोल्डेन गेटमा विकास भएको एमआई पिबिएललाई चितवनमा कार्यान्वयन गर्दाको सुखद अनुभव बाँडेका थिए ।

Messenger creation 606008BE C905 4E4A A079 5E63D9A075E6

विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीले अध्यक्षता गरेको उक्त कार्यक्रम शिक्षिका सेलेना श्रेष्ठले संचालन गरेकी थिईन भने सिईओ शिव श्रेष्ठको स्वागत मन्तव्य गरेका थिए । कार्यक्रममा ज्ञान खबर एजुकेशन एण्ड रिसर्च मिडियाका राजन कुसीको पनि उपस्थिती रहेको थियो ।

IMG 20250216 WA0005

अभिभावकहरुको व्यापक सहभागिता रहेको मेलामा विद्यालयको कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुले एमआई पिबिएल पद्दती अन्तर्गत शैक्षिक सत्र २०८१ मा नियमित सिकाई निर्माण गर्ने क्रममा अभ्यास गरेका १०७ वटा चुनिएका पिबिएल् प्रोजेक्टहरुको साथमा विद्यार्थीहरुलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालित वृहत् पठन र निरन्तर सिर्जना कार्यक्रम अन्तर्गत सिर्जना गरी नियमित “मकै घर” कार्यक्रमहरुमा प्रस्तुत गरिएका ८९७ वटा अंग्रेजीमा लेखिएका र ७९२ वटा नेपालीमा लेखिएका बालसाहित्यका रचनाहरु प्रस्तुतीमा राखिएका थिए ।

Messenger creation 8F04012C 2FEE 483F A096 887A4A23D735

कार्यक्रमको अवसरमा एमआई पिबिएल सम्बन्धी महत्वपूर्ण जानकारीहरुका साथमा ९ वटा “स्पटलाईट प्रोजेक्टहरु” समेटिएको विशेष कार्यक्रम पुस्तिका समेत प्रकाशित गरिएको थियो ।

IMG 20250216 WA0014