आई.एम.एस क्याम्पसमा हल्ट प्राइज २०२४/२५ को सेमिफाइनल सम्पन्न भएको छ । कार्यक्रममा निर्णायकका रूपमा बिकेश अधिकारी, सरोज उपाध्याय, र अमित प्रधान थिए।
प्रतिस्पर्धामा इको भाइब, लक, नेक्स्ट इन, नेपाल यात्रा, र तुफान गरी पाँच प्रतिस्पर्धी समूह फाइनलका लागि छनोट भएका छन् भने कुल नौ प्रतिस्पर्धी समूहद्वारा आ-आफ्नो आइडिया प्रस्तुत गरिएको थियो । साथै अन- क्याम्पस फाइनल प्रतिस्पर्धामा छनोट भएका टोलीहरूलाई अझ राम्रो तयारीका साथ प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

सहभागीहरूको दिगो विकास लक्ष्य अनुरूपका नवीनतम अवधारणासँग सम्बन्धित आइडियाले निर्णायकहरूको मन जित्न सफल साथै निर्णायकहरूद्वारा विभिन्न समूहका आइडियालाई अझ प्रभावकारी बनाउन सल्लाह तथा सुझाव प्रदान गरिएको थियो ।
साथै सोही दिन आई.एम.एस हल्ट प्राइजद्वारा ‘एथर स्कूटर टेस्ट ड्राइभिङ कार्यक्रम’ पनि आयोजना गरिएको थियो।
यो कार्यक्रमलाई प्रायोजकको रूपमा मिथिला थिङ्स, आरस्क फुड, सन सेकुरिटिज, एथर, ज्योती विकास बैंक, समाज डेन्टल, टु पिएम नुडलस, एनएमबी बैंक, एड्भान्स सरस्वती, अरबान मेज, रियल र्बस्ट, ग्लोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रेटिभ लिंक, प्रोसर नेपाल र आइडिया प्रेन्युर नेपाल द्वारा साथ दिइएको थियो।