ताजा अपडेट

ट्रेन्डिङ

अक्स्फोर्डमा कविता लेखन तथा वाचन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन ८, २०८१
1154 पटक हेरिएको
अक्स्फोर्डमा कविता लेखन तथा वाचन सम्पन्न

प्रजातन्त्र दिवस २०८१ को अवसरमा फागुन ७ गते भक्तपुर सल्लाघारी स्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा हिसान भक्तपुर र अक्स्फोर्ड प्राक्टिकल स्कूलको समन्वयमा दोस्रो हिसान कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

उच्च माध्यमिक विद्यालय संगठन(हिसान) भक्तपुरको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको सो कार्यक्रममा हिसान भक्तपुरसित आबद्ध विद्यालय मध्यबाट ६ वटा विद्यालयका करिब २० जना विद्यार्थी सहभागीहरुको साहित्यिक प्रतिस्पर्धा थियो ।

प्रतियोगीहरूले शिक्षा, समाज, प्रकृति तथा राष्ट्रप्रेम जस्ता विषयवस्तु समेटिएका उत्कृष्ट कविता वाचन गरी आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गरेका थिए । कविताको मार्फत विद्यार्थीको सृजनात्मकता, अभिव्यक्ति कला, र साहित्यिक योगदानमा रुचि उजागर गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको थियो ।

हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालको सभापतित्व तथा बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्राक्टिकल स्कूलका अतिरिक्त क्रियाकलाप इन्चार्ज मनिता नेपालको स्वागत गरेका थिए । कार्यक्रमको निर्णायक मण्डलमा बुढ्यौली साहित्यिक समाज भक्तपुरका पदाधिकारीहरु थिए ।

लेखनसँगै वाचनको प्रस्तुतिलाई समेत आधार मानी गरिएको मूल्याङ्कन पश्चात विनायक शिक्षा निकेतनका यशोदा खत्री पहिलो, अक्स्फोर्ड प्राक्टिकल स्कूलका अनामिका बयलकोटी दोस्रो, सनसाइन स्कूलका अनुप चौलागाई तेस्रो र मोडर्न इंग्लिश स्कूलका उत्सव अधिकारीले सान्त्वना पुरस्कार हासिल गरेका थिए । विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

IMG 20250220 WA0008

कार्यक्रमका प्रमुख अतिथि चन्द्रप्रसाद न्यौपानेले विद्यार्थीहरूमा साहित्यिक चेतनाको विकास गर्दै भाषा, कला, र संस्कृति जगेर्ना गर्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताए । साहित्यको इतिहासको बारे व्याख्या गर्दै हालको समयमा साहित्यले मारेको फड्को र युवाहरुमा यसको रुचिका बारे उनले आफ्ना कुराहरु राखे।

IMG 20250220 WA0004

निर्णायक मण्डल मध्यका एक जीवनाथ अधिकारीले नतिजा सुनाउनु हुँदै कविता लेखन र वाचनको बारे उपयुक्त र चाख लाग्दा ज्ञानका साथै विद्यार्थीहरुलाई मार्गनिर्देश गरेका थिए । कार्यक्रमका सभापति एबं हिसानका अध्यक्ष अनिल कसपालले आगामी दिनहरूमा यस्ता सिर्जनात्मक कार्यक्रमलाई अझै व्यापक बनाउने प्रतिबद्धता जनाए । तुलसी हरी प्रजापति, राम दुवाल, रवि दुवाल लगायतका वक्ताहरुले बोलेको सो कार्यक्रमका अन्य सहभागी विद्यालयमा काठमाडौं वल्ड स्कूल, सन साइन स्कूल थिए भने कार्यक्रम सञ्चालन शिक्षक प्रह्लाद लम्सालले गरेका थिए ।

IMG 20250220 WA0001

IMG 20250220 WA0006