ताजा अपडेट

ट्रेन्डिङ

आई.एम.एस क्याम्पसमा हल्ट प्राइज २०२४/२५ फाइनल सम्पन्न – बिजेता टोली ‘नेक्स्ट इन’

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १२, २०८१
1363 पटक हेरिएको
आई.एम.एस क्याम्पसमा हल्ट प्राइज २०२४/२५ फाइनल सम्पन्न – बिजेता टोली ‘नेक्स्ट इन’

आई.एम.एस क्याम्पसमा हल्ट प्राइज २०२४/२५ फाइनल भव्य रूपमा फागुन १० गते सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रोफेसर डा. बालकृष्ण श्रेष्ठ, आई.एम.एस क्याम्पसका डाइरेक्टर सरोज उपाध्याय, कार्यकारी डाइरेक्टर रोशन भट्टराई, सृष्टि भट्टराई, प्रोग्राम डाइरेक्टर अमित प्रधान, हल्ट प्राइज आई.एम.एस २०२२/२३ का क्याम्पस डाइरेक्टर बिकेस अधिकारी तथा २०२३/२४ का क्याम्पस डाइरेक्टर अमिस अधिकारी साथै हालका हल्ट प्राइज आई.एम.एसका  क्याम्पस डाइरेक्टर प्रतीक खरेल, मिथिला  थिङ्कसको प्रतिनिधित्वको रूपमा   खुसी कर्ण र सन सेक्युरिटिज ट्रेडिङ अफिसर विवेक अधिकारी उपस्थित थिए।

निर्णायकको रूपमा ब्रान्ड लजिकका क्रिएटिभ डाइरेक्टर सुरभ श्रेष्ठ, एसएमई ग्रोथका विशेषज्ञ सौजन्य तिमिल्सेना, इडियु क्योस्ट नेपालका डाइरेक्टर एवं एस.सर भेहिकल रेन्टलका संस्थापक तथा अध्यक्ष बिक्रान्त श्रेष्ठ, तथा आईटी विशेषज्ञ रविन्द्र आचार्य थिए।

उक्त कार्यक्रममा प्रोफेसर डा. बालकृष्ण श्रेष्ठ र हाल हल्ट प्राइज आई.एम.एसका क्याम्पस डाइरेक्टर प्रतीक खरेलको मन्तव्यले प्रतिस्पर्धीहरूको मनोबल वृद्धि गर्नुका साथै कार्यक्रमको गरिमा बढाएको थियो।

फाइनलमा सेमिफाइनलबाट छनोट भएका ५ टोली – ‘इको भाइब’, ‘लक’, ‘नेक्स्ट इन’, ‘नेपाल यात्रा’ र ‘तुफान’ – ले आफ्ना नवीनतम आइडिया प्रस्तुत गरे। प्रतिस्पर्धाको बिजेता टोली ‘नेक्स्ट इन’ (निसान बराली, कृष्ण कुमार यादव, निर्जला त्वायना) ले प्रथम पुरस्कार जित्न सफल भए भने ‘लक’ (पूजा बिष्ट, अनुसा धौबन्जर ,सलिना पराजुली) ले दोस्रो स्थान प्राप्त गरे  भने  ‘इको भाइब’ (रसिस म्याबो , गौरव बरतौला, अभिषेक न्यौपाने) ले  तेस्रो स्थान  प्राप्त गरे।

साथै, विभिन्न श्रेणी पुरस्कारहरूमध्ये सर्वोत्तम प्रस्तुतिकरण पुरस्कार ‘नेक्स्ट इन’, सोसियल मिडिया इन्गेजमेन्ट पुरस्कार जितेन राई, तत्काल प्रयोगमा आउने आइडिया पुरस्कार ‘लक’ टोली, र सर्वोत्तम डिजिटल प्रस्तुति पुरस्कार ‘नेपाल यात्रा’ टोलीले जित्यो।

कार्यक्रमको अन्त्यमा बिजनेस डेभलपमेन्ट कोअर्डिनेटर आर्यन महर्जनले धन्यवाद ज्ञापन गरे।

यस कार्यक्रमले आई.एम.एस क्याम्पसका विद्यार्थीहरूमा उद्यमशीलताको विकास गर्दै समाज तथा विश्वमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने प्रवृत्ति प्रवर्द्धन गरेको पाइयो।

 

कार्यक्रमका टाइटल स्पोन्सर ब्रान्ड लजिक, बैंकिङ पार्टनर ज्योति विकास बैंक, ट्रेडिङ पार्टनर सन सेक्युरिटिज, गिफ्टिङ पार्टनर मिथिला थिङ्स, एक्सक्लुसिभ फाइनान्सियल पार्टनर एनएमबि बैंक, क्लोथिङ पार्टनर अरबान मेज ,  अपेरल पार्टनर ग्लोबल टेलरिङ, रेस्टुरेन्ट पार्टनर लाभा लन्ज एण्ड बार, आईटी पार्टनर प्रोसर नेपाल, टु-ह्विल पार्टनर एथर  इनर्जी, स्न्याक्स पार्टनर टु पिएम र आरक्स फुड, रिफ्रेसमेन्ट पार्टनर रियल बर्स्ट, टी पार्टनर केटीएम टी, पब्लिकेसन पार्टनर एडभान्स सरस्वती, एजुकेसन पार्टनर आइडिया प्रेन्युर, प्रिन्टिङ पार्टनर क्रिएटिभ लिङ, ओरल हेल्थ पार्टनर समाज डेन्टल तथा अफिस  अनलाइन पार्टनर न्यूज 24,   मिडिया पार्टनर बागमती टेलिभिजन, इडु सञ्जाल, टक्सार, लुम्बिनी सञ्चार, र ज्ञान खबर रहेका थिए।