ताजा अपडेट

ट्रेन्डिङ

नेशनल साइबर ओलम्पियाड प्लस टु संस्करण सम्पन्न, क्यापिटल कलेज प्रथम

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन १६, २०८१
783 पटक हेरिएको
नेशनल साइबर ओलम्पियाड प्लस टु संस्करण सम्पन्न, क्यापिटल कलेज प्रथम

नेशनल साइबर ओलम्पियाड २०८१ को प्लस टु संस्करण भव्य रूपमा सम्पन्न भएको छ।

प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन र टेकस्पायर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गतेदेखि काठमाडौंमा सुरु भएको प्रतियोगिता फागुन १५ गते रसियन हाउस, कमलपोखरीमा समापन भएको थियो।

कुल २४ टिममध्ये ४ प्लस टु कलेजका उत्कृष्ट टिमहरू फाइनलमा प्रतिस्पर्धा गरेका थिए। कोटेश्वरको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर प्रथम, बागबजारको काठमाडौं मोडेल कलेज दोस्रो र चौथो तथा डिल्लीबजारको कलेज अफ बिजनेस म्यानेजमेन्ट तेस्रो भएका थिए।

विद्यार्थीलाई सूचना प्रविधिमा अपडेट गराउन आयोजना गरिएको कार्यक्रम अर्को वर्ष सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले बताए।

सूचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न प्रतिस्पर्धा गराइएको थियो।

काठमाडौं उपत्यकाका २४ विद्यालयका ७२ विद्यार्थीले सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्बलिङ र ग्यासपिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे, रसियन हाउसकी उपनिर्देशक साकानुश वान्यान र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. सुवर्ण शाक्यको उपस्थितिमा समापन भएको थियो।

Messenger creation 4BB232AE 0ACD 4B76 91BE E25317725593

प्रथम हुने क्यापिटल कलेजलाई ३० हजार रुपैयाँ, ट्रफी, मेडल, सर्टिफिकेट र अन्य उपहार प्रदान गरिएको थियो। दोस्रो, तेस्रो र चौथो हुनेलाई पनि ट्रफी, मेडल, सर्टिफिकेट र उपहार दिइएको थियो।

टेकस्पायर कलेज मुख्य प्रायोजक रहेको कार्यक्रममा रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, फुडमान्डु, पठाओ, जुनियर उद्यमशीलता सर्कल, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवा, बजारको चिरफारलगायतले प्रायोजन गरेका थिए।