ताजा अपडेट

ट्रेन्डिङ

बिहानको हिँडाइ: खाली पेटमा कि खाएर? दुवैका फाइदाहरू जान्नुहोस्

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन १७, २०८१
2371 पटक हेरिएको
बिहानको हिँडाइ: खाली पेटमा कि खाएर? दुवैका फाइदाहरू जान्नुहोस्

पछिल्लो समय भएका विभिन्न अध्ययनहरूले शरीरलाई सक्रिय राख्न हिँड्नु सबैभन्दा राम्रो माध्यम भएको पुष्टि गरेका छन्।

हिँड्दा शरीरका सबै अंगहरूलाई फाइदा पुग्छ। यसले क्यालोरी घटाउँछ, जसले गर्दा मेटाबोलिजम बढ्छ।

छिटो हिँड्दा शरीरले पर्याप्त ऊर्जा पाउँछ। नियमित रूपमा हिँड्दा मांसपेशी बलियो हुन्छ र तौल घट्छ। हिँड्दा तनाव कम हुन्छ र मुड राम्रो हुन्छ। यसले मुटु र कलेजोका रोगबाट पनि बचाउँछ। छिटो हिँड्नुका धेरै फाइदा छन्, तर खाना खाएर हिँड्ने कि खाली पेटमा भन्ने धेरैको जिज्ञासा हुन्छ। यस विषयमा केही जानकारी यहाँ दिइएको छ।

खाली पेटमा हिँड्नुका फाइदा:
* तौल घटाउन चाहनेहरूका लागि खाली पेटमा हिँड्नु निकै लाभदायक हुन्छ।
* यो एक प्रकारको फास्टिङ कार्डियो हो।
* स्वस्थ व्यक्तिले बिहान खाली पेटमा छिटो हिँड्नुपर्छ।
* खाली पेटमा हिँड्दा शरीरले जम्मा भएको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्छ।
* बिहान शरीरमा ग्लुकोजको मात्रा कम हुन्छ। हिँड्दा मांसपेशी खुम्चिन्छन् र शरीरले जम्मा भएको ऊर्जा प्रयोग गर्छ।
* मांसपेशीले रगतमा भएको चिनीबाट ऊर्जा लिन्छ।
* रगतमा चिनीको मात्रा कम भएपछि कलेजोले ग्लाइकोजनलाई ग्लुकोजमा बदलेर मांसपेशीलाई दिन्छ।
* यसरी अतिरिक्त क्यालोरी खर्च हुन्छ र जम्मा भएको बोसो घट्छ।
* तर मधुमेह, उच्च रक्तचाप भएकाहरूले खाली पेटमा हिँड्नु हुँदैन।

खाना खाएर हिँड्नुका फाइदा:
* बिहानको खाना खाएपछि हिँड्दा पनि फाइदा हुन्छ।
* यसले शरीरको स्ट्यामिना बढाउँछ।
* कार्यक्षमतामा सुधार हुन्छ र शरीरले सञ्चित ऊर्जा प्रयोग गर्छ।
* यसले रगतमा चिनीको मात्रा बढ्न दिँदैन।
* मधुमेहका बिरामीहरूले खाना खाएपछि हिँड्नु बढी लाभदायक हुन्छ।
* उच्च रक्तचाप भएकाहरूलाई पनि खाना खाएपछि हिँड्दा फाइदा हुन्छ।
* बिहानको खाना खाएपछि हिँड्दा पाचन प्रणाली पनि स्वस्थ रहन्छ।