सुसेली साहित्यक प्रतिष्ठान, दक्षिणकालीलको आयोजनामा आज दक्षिणकाली नगरपालिका, वडा नं ४ काठमाडौंमा दक्षिणकाली काव्य महोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन भएको छ ।
कार्यक्रममा राष्ट्रीय स्तरको साहित्यकारहरूलाई सम्मान गर्नुका साथै बरिष्ठ कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरिएको थियो ।
नेपाली लोकसाहित्यमा लामो समयदेखि योगदान पुर्याउने ललितपुर, चाकुपाट निवासी कवि तुलसी दिवसलाई सुमेली साहित्यिक काव्य सम्मान-२०८१, साहित्यिक पत्रकारितामा विगत दशकदेखि योगदान पुग्याउने गहनापोखरी, टङ्गाल निवासी साहित्यिक पत्रकार रोचक घिमिरेलाई सुमेली साहित्यिक पत्रकार सम्मान-२०८१ तथा आख्यान विधामा लामो समयदेखि योगदान पुर्याउने ललितपुर, धोबीघाट निवासी कथाकार माया ठकुरीलाई सुसेली कथा सम्मान-२०८१ द्वारा सम्मान गरिएको थियो । सबै सम्मानको राशी नगद रू १११११ ( एघार हजार एघार सय एक रुपैयाँ), सम्मान पत्र लगायत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
दक्षिणकाली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको सभापतित्वमा सम्पन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन बस्नेत, विशिष्ट अतिथि नगर उपप्रमुख वसन्ती डंगोल तामाङ, वरिष्ठ साहित्यकार किशोर पहाडी, सम्मानित सहित्यकारहरू तुलसी दिवस, रोचक घिमिरे ,माया ठकुरी, वडा अध्यक्ष पुष्कर खड्का, जनार्दन रिजाल लगायत राष्ट्रीय स्तरका बरिष्ठ साहित्यकारहरूको बाग्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजक साहित्यकार डा.शेखरकुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रम सम्पन्न गर्न साहित्यकार डा. शेखरकुमार शेष्ठको संयोजकत्वमा शशिशर्मा अर्याल, बद्री कार्की, रजनी खत्री, रामराजा के.सी. सहितको पाँच सदस्यीय मूल समारोह समिति गठन गरेको थियो । आर्थिक संङ्कलन समिति संस्थाका कोषाध्यक्ष सुसान्त के.सी. को संयोजकत्वमा कृष्णकुमार श्रेष्ठ र रामराजा के. सी. तीन सदस्यीय आर्थिक संकलन उपसमिति गठन भएको थियो भने स्रष्टा सम्मान छनौट समितिमा वरिष्ठ साहित्यकार तथा संस्थाका सल्लाहकार किशोर पहाडीको संयोजकत्वमा तीन सदस्यीय उपसमितिमा सदस्य डा. शेखरकुमार श्रेष्ठ र अपसरा भुर्तेल रहेको थियो । त्यस्तै प्रचारप्रसार समितिमा शशिशर्मा अर्याल, रामकुमार बस्नेत , सविता के. सी. लगायत रहेका थिए ।
कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियोे । पहिलो सत्रमा तीनजना स्रष्टा सम्मानलाई गरिएको थियो भने दोस्रो चरणमा रचना वाचन कार्यक्रम गरिएको थियो । पहिलो चरणको कार्यक्रम संचालन संस्थाका सदस्य दिपक लामिछानेले गरेका थिए भने स्वागत मन्तब्य सविता के. सी. ले गरेका थिए ।

दोस्रो चरणमा संथाकी उपाध्यक्ष रजनी खत्रीको सभापतित्व र वडा अध्यक्ष पुष्कर खड्काको आतिथ्यमा रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो चरणको कार्यक्रम संचालन संस्थाकी सदस्य अप्सरा भुर्तेलले गरेकी थिइन् । रचना वाचनमा राष्ट्रिय स्तरका ४० जनाभन्दा बढीको साहित्यकारहरूले कविता, मुक्तक, गजल वाचन गरेका थिए । सम्मानित साहित्यकारहरूलाई बाजागाजा सहित पैदल यात्रा गराई दक्षिणकाली नगरपालिका वडा नं ४ मा अवस्थित चम्पादेवी हिलसाइड रिसोर्टमा सम्पन्न गरिएको थियो ।