ताजा अपडेट

ट्रेन्डिङ

अन्नपूर्ण विनायक स्कुलमा अभिभावक दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १८, २०८१
1252 पटक हेरिएको
अन्नपूर्ण विनायक स्कुलमा अभिभावक दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

तीनकुने गैरीगाउँ, काठमाडौँकोस्थित अन्नपूर्ण विनायक स्कुलमा फागुन १७ गते शनिबार ‘अभिभावक दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भयो।

विद्यालयका प्राचार्य डा. बिदुर पराजुलीको अध्यक्षतामा भएको समारोहमा नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेल प्रमुख अतिथि थिए। काठमाडौँ महानगरपालिका वडा नं. ९ का वडा सदस्य टेकराज अधिकारी, अन्नपूर्ण स्कुलका संस्थापक प्राचार्य ज्ञानेन्द्र पराजुली र अन्नपूर्ण विनायक स्कुल सञ्चालक समितिका अध्यक्ष डा. शिवनारायण यादव विशिष्ट अतिथि थिए।

समारोहमा विद्यालयका सहायक प्राचार्य सञ्जीव श्रेष्ठ, अर्चना यादव, डा. सत्यनारायण चौधरी, वीरेन्द्र यादव, रामलाल शाह, विष्णु श्रेष्ठ, विश्व श्रेष्ठ, अर्जुन निरौला, तुलसी पराजुली, जीवनारायण यादव, गैरीगाउँ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णदेव लामिछाने, गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक भाष्करराज पौडेल, शिक्षासेवी यादव पौडेल, समाजसेवी उपेन्द्र पौडेल, लेखापरीक्षक तथा अधिवक्ता ध्रुव निरौला, विद्यालय सञ्चालक समितिका सदस्य सीमा यादव, गीता यादव, ममता चौधरी, रञ्जुकुमारी शाह, विद्यालयका प्रशासनिक कोअर्डिनेटर सन्तोष रोकाया, प्राज्ञिक समन्वयकर्ता शशीला सिङ्खवालको उपस्थिति थियो। साथै, विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकहरूको पनि उल्लेख्य सहभागिता थियो।

विशिष्ट अतिथि ज्ञानेन्द्र पराजुलीले विद्यालयको प्रगति कामना गर्दै अभिभावकहरूलाई बालबालिकाको निगरानी गर्न र डिजिटल कुलतबाट बचाउन आग्रह गरे। वडा सदस्य टेकराज अधिकारीले विद्यालयको गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधारको प्रशंसा गर्दै सबैको सहयोगको अपेक्षा राखे।
प्रमुख अतिथि लीलामणि पौडेलले शिक्षाले आत्मज्ञान दिने र मानसिक शान्ति प्रदान गर्ने बताए। उनले विद्यालय र घरलाई शान्ति क्षेत्र बनाउन, रिस नियन्त्रण गर्न, समयको सदुपयोग गर्न र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीहरूलाई परिवार र समाजप्रति जिम्मेवार बन्न प्रेरित गरे।

समारोहमा कक्षा सात र नौका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरे भने कक्षा एस.के.जी. देखि दससम्मका विद्यार्थीहरूले ३८ वटा उत्कृष्ट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

समारोहमा ज्येष्ठ नागरिकहरू, उत्कृष्ट अभिभावकहरू र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्राज्ञिक सल्लाहकार रमेश पोखरेलले सञ्चालन गरेको समारोहमा सहायक प्राचार्य सञ्जीव श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य डा. बिदुर पराजुलीले समापन मन्तव्य राख्दै सबैलाई धन्यवाद दिए।