टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन्। सरुवा रोग अस्पतालमा चिकित्सकबाट नै अध्यक्ष नियुक्त हुने व्यवस्था रहेको छ।
डा. सिंह स्वास्थ्य मन्त्रालयबाट फागुन १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश भएका थिए।
