ताजा अपडेट

ट्रेन्डिङ

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा नियुक्त

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन २२, २०८१
952 पटक हेरिएको
स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा डा. विकास देवकोटा नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि, सचिव पदका लागि नाम सिफारिस गर्न फागुन १२ गते बसेको बढुवा समितिको बैठकले डा. देवकोटासँगै डा. संगीता मिश्रा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेका तीनै जना १२ औँ तहका थिए।

स्वास्थ्य मन्त्रालयमा प्रशासन र स्वास्थ्य समूहका गरी दुई सचिव रहने व्यवस्था छ। हाल रिक्त भएको पद स्वास्थ्य समूहको हो। डा. रोशन पोखरेलले फागुन १२ गते पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश लिएपछि यो पद खाली भएको थियो।

नव नियुक्त सचिव डा. देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको रूपमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा नियुक्त