ताजा अपडेट

ट्रेन्डिङ

एसईई चैत ७ गतेबाट, ५ लाख २२ हजार परीक्षार्थी

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन २२, २०८१
3196 पटक हेरिएको
एसईई चैत ७ गतेबाट, ५ लाख २२ हजार परीक्षार्थी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सुरु हुने भएको छ। यस परीक्षामा ५ लाख २२ हजारभन्दा बढी विद्या⁶र्थी सहभागी हुने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ सालको एसईई परीक्षाका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार ९०० र पुराना ग्रेड वृद्धिका लागि ४ हजार विद्यार्थीले आवेदन दिएका छन्।

परीक्षा सञ्चालनका लागि २१३१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयका निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्रमा केही परिवर्तन हुन सक्नेछ ।

see routine