ताजा अपडेट

ट्रेन्डिङ

सेकरिड् हार्ड एकेडेमीको २२ औँ वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २३, २०८१
1065 पटक हेरिएको
सेकरिड् हार्ड एकेडेमीको २२ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिका वडा नं ४, सुर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम-२०८१, भक्तपुर नगरपालिकाको उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्मान एवं विविध साँस्कृतिक प्रतिभा प्रस्तुत गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

Messenger creation D65F90E8 922C 4155 BD8C D9849D40EF88

सेकरिड् हार्ट एकेडेमी स्कुलका संचालक/ प्रिन्सिपल श्रीराम सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल सुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्ययोजना राखेका थिए । उनले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालय लागि परेको जनाउँदै सुविधा सम्पन्न भौतिक पूर्वाधार तयार गरी स्मार्ट क्लासरुम सँगै प्रविधि र सीप जोड्ने कुरा बताए । साथै प्रिन्सिपल सुवालले यसका लागि विद्यालयले आफ्नै जग्गा पनि खरिद गरिसकेको जानकारी दिए ।

Messenger creation 0443238A D70B 49AB 8A88 FC5EF2354CA3

विद्यालयको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस र सम्मान कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाको उपमेयर रजशी जोशीले विद्यालयको प्रसंशा गर्दै स्वदेशमा नै स्वरोजगार हुने जनशक्ति तयार गर्नु पर्नेमा जोड दिए । प्रमुख अतिथि जोशीले भक्तपुर नगरपालिकाले पनि शैक्षिक विकासमा विविध कार्य गर्दै आएको चर्चा गरेका थिए । प्रमुख अतिथि जोशिले विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै शिक्षक सम्मान पनि गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालय र प्रिन्सिपलले गरेको कार्यको वर्णन गर्दै सम्पूर्ण अभिभावकहरु जसले सेकरिड् हार्ट एकेडेमीमा बच्चा पढाउनु भएको छ, उहाँहरु साह्रै भाग्यमानी भएको बताउनु भयो र यसै गरी स्कुललाई साथ र सहयोग गर्न प्रेरित गरेका थिए । विविन्न खेल एवं अतिरिक्त विधामा सफल विद्यार्थीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा एकल नृत्यको अन्तिम १४ जना प्रतियोगिले प्रतिस्पर्धा समेत गरेका थिए । साथै विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मानित गरेको थियो ।

विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक प्रस्तुति एवं प्रतिभा प्रस्तुत गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा ४ का अध्यक्ष उपेन्द्र सुवाल, त्रिविका पूर्व सह-प्राध्यापक एवं बरिष्ठ अधिवक्ता राम लोचन झा, प्रसिद्ध उत्प्रेरक विकासदेव योन्जन तामागं, उत्प्रेक एवं वालमनोविज्ञ सानु अमात्य, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृ्ष्ण प्रजापति, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखो, एसएस सदन स्कुलका प्रिन्सिपल मुकेश योन्जन लगाएत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।