ताजा अपडेट

ट्रेन्डिङ

वी किड्स स्कुलमा तेस्रो “स्कुल ओपन हाउस“ तथा “बाल नृत्य महोत्सव” सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन २४, २०८१
1402 पटक हेरिएको
वी किड्स स्कुलमा तेस्रो “स्कुल ओपन हाउस“ तथा “बाल नृत्य महोत्सव” सम्पन्न

।वी किड्स स्कुलले शनिबार तेस्रो “स्कुल ओपन हाउस“ तथा “बाल नृत्य महोत्सव” कार्यक्रम आयोजना गरेको छ ।

“एक्सप्लोर, लर्न र ग्रो” को अवधारणा अनुसार सञ्चालन भइरहेको उक्त विद्यालयले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक वातावरणबारे जानकारी दिनका लागि आयोजित उक्त कार्यक्रममा ३०० जना भन्दा वढि आगन्तुक/अभिभावकज्यहरूले अवलोकन गरेको विद्यालयले जनाएको छ ।

साथै सो अवसरमा पुर्व प्राथमिक विद्यालय स्तरीय “बाल नृत्य महोत्सव” पनि सम्पन्न गरेको छ  । यस महोत्सवले ९ वटा विद्यालयका ९३ जना बालबालिकाहरूले विभिन्न विधाका (शास्त्रीय, आधुनिक, फोक नृत्य, आदि) नृत्यमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्थानीय विद्यालयहरू बीच आपसी सम्वन्ध बढाउने र अनुभव आदानप्रदान तथा विद्यार्थी नानीबाबुहरूको प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्ने उद्देश्य साथ आयोजित सो महोत्सवमा सहभागी हुने सबै विद्यालयहरूले प्रमाणपत्र, मायोको चिनो, उपहार आदिले सम्मान गरिएको थियो ।

प्रिस्कूलकी प्रिन्सिपल मन्जु दुवालले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण, विद्यालयले गर्ने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिन, अभिभावकहरू बीच आपसी भेटघाट गराउन, सम्भावित नयाँ अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयको सुविधाहरूसँग परिचित गराउने र कक्षाकोठा अवलोकन संगै समर्पित शिक्षकहरूसँग अनौपचारिक भेटघाट गराउन, आगन्तुकहरूलाई विद्यालयले प्रदान गर्ने उच्च-गुणस्तरको शिक्षा प्रत्यक्ष अनुभव गराउन र विद्यालयको सिकाई अवधारण/दृष्टिकोण वारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइन् ।

विद्यार्थीहरूले पाठ्यक्रममा समावेश भएका पाठलाई बुझ्न र बुझाउन सहज हुने शैक्षिक सामग्रीबारे विश्लेषण गरेका थिए । विद्यार्थीले गरेका प्रस्तुतिलाई ओपन हाउसमा सहभागी अभिभावक तथा सहभागीले चाखपूर्वक अवलोकन गरेका थिए । सहभागी अभिभावकले विद्यार्थीलाई स्कुलले पाठ्यपुस्तकका अलावा अन्य विषयवस्तुका बारेमा जानकारीका साथ अध्ययन गराएको पाएको बताए ।

उनीहरूले विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएकोकमा खुसी व्यक्त गरे । सहभागीले विद्यार्थीले निर्धक्कसाथ गरको प्रस्तुतिले आफूहरूको मन छोएको बताए ।

Messenger creation 80F1CB3A 85CE 474D 96C1 E6D18DC599C3

कार्यक्रममा “बाल नृत्य महोत्सव” सहित विद्यार्थीहरूले विभिन्न थिममा आधारित रहेर तयार गरेका शैक्षिक सामग्रीहरू, स्थानीय औजारहरू, स्थानीय बाजागाजाहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको लागि लागि विभिन्न प्रकारका रमाइला आकर्षक स्टलहरूको व्यवस्था गरेको थियो ।

Messenger creation 9414D150 328A 48FE 891C CDA26BDB0640

बाउन्सिङ क्यासल, प्ले स्टेशन, फेस पेन्टिङ, फोटो स्टेशन, विभिन्न रमाईला खेलहरू र फुड स्टल समेत रहेको सो कार्यक्रममा अभिभावक तथा बालबालिकाहरूको लागि निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तमा आगन्तुकहरूमध्ये लक्की ड्र मार्फत २ जना भाग्यशाली आगन्तुकलाई पुरस्कार प्रदान गरिएको थियो ।

Messenger creation 885033F4 F798 4CCB 8829 FFAFBE77D2A6