ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा वार्षिक पुरस्कार वितरण तथा नृत्य प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन २४, २०८१
911 पटक हेरिएको
विनायकमा वार्षिक पुरस्कार वितरण तथा नृत्य प्रतियोगिता सम्पन्न

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा फागुन २४ गते वार्षिक पुरस्कार वितरण तथा नृत्य प्रतियोगिता सम्पन्नभएको छ।

विद्यालयको छत्तीसौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा भएको थियो। काठमाडौँ युनिभर्सिटीका शिक्षाविद एवं शोधकर्ताहरू लोकेन्द्र कार्की र मनिराम घिमिरेको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विद्यालयका प्राथमिक तहमा अध्यापनरत शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यालयले स्थापना कालदेखि नै अतिरिक्त क्रियाकलाप ,विषयगत क्रियाकलाप तथा एक विद्यार्थी एक सिपको अवधारणामा शिक्षा प्रवाह गर्दै अगाडि बढिरहेको हामीलाई जानकारी दिए।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विविध अतिरिक्त क्रियाकलाप पढाइमा उत्प्रेरणा जगाउने कसी भएकोले विद्यार्थीको सर्वाङ्गीण विकास हुने र आफूभित्रको प्रतिभा प्रस्फुटन गर्ने उचित प्लेटफर्म पाए विद्यार्थी आफ्नो रुचि र क्षमताको क्षेत्रमा गई आत्मनिर्भर बन्न सक्ने कुरा बताए।

Messenger creation 6B6A0CDE BC81 42A0 8D83 2CB92A857933

कार्यक्रममा विद्यार्थी तथा अभिभावक अतिथिहरूले विनायकमा पढ्न र आफ्ना नानीहरूलाई पढाउन पाएकोमा आफू गौरवान्वित भएको र अझ विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यालय लागि परिरहोस् भन्ने शुभकामना समेत दिए। सो कार्यक्रममा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए भने प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई ट्रफी मेडल र सर्टिफिकेट समेत प्रदान गरिएको थियो।