बर्दघाट ४, नवलपरासीमा अवस्थित कुमुदिनी अङ्रेजी आवासीय माध्यमिक विद्यालयले ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर बिद्यालयमा अध्यापनरत शिक्षिकाहरु,कार्यरत महिला कर्मचारिहरु एवम् परिचारिकाहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ।
विद्यालयका प्रधानाध्यापक रेश्मिराज बश्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक कमला शर्माले भने “नारिदिवस महिलाहरुको अधिकार लैङ्गिक समानताको लागि समर्पित छ । हाम्रो समाजमा नारीहरुले निरन्तर चुनौतिको सामना गरिरहेका छन। जसलाइ हामिहरुले सम्मान र समानता दिनुपर्छ ।”
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक बश्यालले आधा आकाश ढाकेका नारी, समाजका आधारशिला हुन, उनिहरुको सहभागिता बिना कुनैपनी कुरा प्राय असम्भब रहेको भन्दै नारी दिवसको इतिहास र नारा “Accelerate Action अर्थात कार्यहरुलाई गति दिऔं” भन्ने धारणा व्यक्त गरे। उनले बिद्यालयमा कार्यरत शिक्षिका तथा महिला कर्मचारिको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउँदै नारीहरुको समर्पण र सेवाले विद्यालय सम्मृद्ध भएको कुरामा जोड दिए।

कार्यक्रममा प्रधानाध्यापक बश्यालले नारीहरुलाइ सम्मान र शुभकामना दिएका थिए भने कार्यक्रमको सन्चालन मावि (९-१२) संयोजक केदार चौधरिले गरेका थिए ।
