चाँगुनारायण नगरपालिका वडा १, दुवाकोट बेसीमा रहेको जागृति विद्या सदन स्कुलले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि बागमति प्रदेश सांसद माननीय सुरेश श्रेष्ठको आतिथ्यमा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन अध्यक्ष अनिल पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जागृति विद्या सदन सो ठाउँमा संचालन भएकोमा खुशि व्यक्त गर्दै विद्यालयको प्रसंशा गरे। उनले विद्यालयलाई आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै शिक्षक सम्मान र उत्कृष् विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए।
जागृति विद्या सदन स्कुलका प्रिन्सिपल एवं संचालक जगदिश पौड्यालले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजना राख्दै स्कुलले २०८२ मा कक्षा १० को एसईई परीक्षामा पहिलो पटक विद्यार्थी सम्मिलित हुने र अभिभावकहरुले अब एसईई सम्म जागृति स्कुलमा नै पढाउन सकिने कुरा बताए। साथै प्रिन्सिपल पौड्यालले अभिभावकहरुको यसरी नै साथ पाएमा विद्यालयलाई शैक्षिक एवं अन्य पक्षहरुमा अझ स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरे।
विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, नाटक, खेल लगाएत विविध प्रतिभा प्रस्तुत गरिएको उक्त अभिभवाक दिवस कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरको अध्यक्ष संजय खड्काले अभिभावकहरुले विद्यालयलाई असाध्यै माया र साथ दिएकोमा आभार व्यक्त गर्दै चाँगुनाराण १ बाट गुणस्तरीय शिक्षाको लागि बजार वा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको भन्दै सबै अभिभावकहरुलाई यसै स्कुलमा बच्चाहरु पढाउन प्रेरित गरेका थिए।
साथै कार्यक्रममा नेपाल पुस्तक व्यवसायी संध भक्तपुर उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन भक्तपुरका सहकोषाध्यक्ष रत्न बहादुर राई, सदस्य कमल सुवाल, नमस्ते ख्वप्प टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ, विद्यालय संचालक कमल पौड्याल लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

