किकम्पा मन्टेसरीमा २०८१ चैत्र २ गते शनिवारका दिन शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने भएको छ।
कार्यक्रम विहान १०:३० बाट २:३० सम्म हुने जानकारी गराउँदै स्कूलका प्रिन्सिपल राजेश लाखाले सो कार्यक्रममा बिभिन्न प्रकारका परम्परागत तथा आधुनिक बाजागाजा, सांस्कृतिक भेषभुषा, हस्तकला, चित्रकला, घरेलू उत्पादन विभिन्न आकर्षक खेलकुदहरु र स्कूलका बालबालिकाले बनाएका शैक्षिक प्रदर्शनी हुने जानकारी दिए।
साथै स्कूलले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक प्रदर्शनी हुने जानकारी गराउँदै प्रिन्सिपल लाखाले विद्यालयले गर्ने विभिन्न कार्यक्रमहरुको जानकारी एंव अभिभावक र विद्यालय परिवार बिच आपसी भेटघात गराउन, आगन्तुक नव अभिभावकहरुलाई स्कूलले प्रदान गर्दै आइरहेको सुविधा र गुणस्तर शिक्षाको प्रत्यक्ष अनुभव गराउन र विद्यालयको सिकाई अवधारणा तथा दृष्टिकोण बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताए ।