ताजा अपडेट

ट्रेन्डिङ

मिनर्वा इङ्लिस स्कूलमा सिनियर अभिभावक दिवस

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन २५, २०८१
971 पटक हेरिएको
मिनर्वा इङ्लिस स्कूलमा सिनियर अभिभावक दिवस

मिनर्वा इङ्लिस स्कूलमा सिनियर अभिभावक दिवस शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल  प्रजापतिले संस्कृति नयाँ पुस्तामा हस्तान्तरण भएपछि त्यसले जीवन्तता पाउने धारणा व्यक्त गर्दै भनपाले स्थानीय पाठ्यक्रमको व्यवस्था गरेर परम्परागत संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिरहेको बताए।

भविष्यको समाज निर्माण उद्देश्यका साथ शिक्षकहरूले विद्यार्थीको पढाइमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै प्रमुख प्रजापतिले विद्यार्थीको पढाइ सँगसँगै विद्यार्थीमा असल व्यवहार सिकाउने, स्वयम्सेवी भावना जगाउने, इमानदार हुने, श्रम गर्नुका साथै श्रमलाई सम्मान गर्ने र समाज र देशको सेवा गर्ने भावना जगाउन शिक्षकहरूले मेहनत गर्नुपर्ने बताए ।

उच्च शिक्षा एवं रोजगारको नाममा युवाहरू बिदेसिने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले सन्तान बिदेसिने कुरामा चनाखो हुनुपर्ने बताए ।

विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले विद्यालयमा भइरहेको गतिविधिबारे जानकारी दिँदै शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक शिक्षिकाले मात्र नभई अभिभावकहरूको सहयोगको पनि उत्तिकै जरूरी भएको बताए ।

बालरोग विशेषज्ञ डा. विनोद दलले अभिभावकहरूलाई सन्तानको खानपानमा कसरी ध्यान दिने र कस्तो खालको खाना खुवाउँदा सन्तानको स्वास्थ्य राम्रो हुन्छ भन्ने जानकारी दिए।

विद्यालयका इन्चार्ज राजु किसिजुले विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक, चारित्रिक क्षमता वृद्धि गर्ने जिम्मा तथा भूमिकामा शिक्षक शिक्षिका एवम् अभिभावकहरूको समान दायित्व रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभिप्रेरक तुल्सीहरि प्रजापति, विद्यार्थीद्वय सृजन भेले र इशान श्रेष्ठले पनि बोलेका थिए।

FB IMG 1741506204958

कार्यक्रममा चाइनिज भाषाका स्वयम्सेवी शिक्षिका यान्बो पुबाट लेखिएको पत्र वाचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूबाट नृत्य तथा विभिन्न क्रियाकलाप प्रस्तुत गरिएको थियो । अभिभावक दिवसकै अवसरमा विद्यालयका विद्यार्थीहरूले तयार पारेका विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनी गरेका थिए ।

FB IMG 1741507227328