ताजा अपडेट

ट्रेन्डिङ

हिमालयन ग्लोरीमा विद्यार्थीको सिर्जनात्मकता प्रदर्शन: परियोजना प्रदर्शनी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन २६, २०८१
1722 पटक हेरिएको
हिमालयन ग्लोरीमा विद्यार्थीको सिर्जनात्मकता प्रदर्शन: परियोजना प्रदर्शनी सम्पन्न

हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए।

प्रदर्शनीमा विद्यार्थीहरूले स्काउट गतिविधि, विपद् जोखिम न्यूनीकरण सम्बन्धी शैक्षिक खेल, स्थानीय पहिचान, गणित, विज्ञान, भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण र आर्ट एण्ड क्राफ्ट लगायतका विषयमा तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले खेर गएका वस्तुहरूको प्रयोग गरी कलात्मक सामग्रीहरू बनाएर आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका थिए।

प्रदर्शनीमा “ब्लाइन्डनेस गेम”, “थ्रो टावर”, “डिजस्टर लाइफ सर्कल”, “क्लाइम्ब ७ ल्याडर” जस्ता आकर्षक प्रस्तुतिहरूले सबैको ध्यान खिचेको थियो। स्थानीय पहिचान झल्काउने परियोजनाहरूले विद्यार्थीहरूमा आफ्नो परिवेशप्रति गर्वको भावना जगाएको थियो।

विद्यालयका प्रिन्सिपल कृष्ण राम त्वानाबासूले यस्ता परियोजना कार्यहरूले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान बढ्ने, स्वअध्ययनको बानी विकास हुने, सहकार्यको भावना सिक्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास पनि बढ्ने बताए। “हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान पनि दिन चाहन्छौं। यस्ता प्रदर्शनीले उनीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्न मद्दत गर्छ,” उनले भने।

IMG 20250310 111227

प्रदर्शनीमा ९४ जना विद्यार्थीले परियोजना प्रस्तुत गरेका थिए भने २६ जना विद्यार्थी स्वयंसेवकका रूपमा खटिएका थिए। सूर्यदीप इङ्गलिश सेकेण्डरी स्कूल, विद्या आर्जन इङ्गलिश स्कूल, जागृति मा.बि, ज्ञान विजय आ.बि., सामुदायिक इङ्गलिश स्कूल र होली गार्डेन इङ्गलिश स्कूलका ६२१ जना विद्यार्थी, २११ जना अभिभावक तथा शिक्षकहरूले प्रदर्शनीको अवलोकन गरेका थिए।

20250310 173956

प्रदर्शनीले विद्यार्थीहरूमा नयाँ उत्साह र सिर्जनात्मकताको भावना जगाएको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।

IMG 6544

20250310 184603

IMG 6478

IMG 20250310 110723