ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौं महानगरमा प्रधानाध्यापक गोष्ठी भव्य रूपमा सम्पन्न, नयाँ नेतृत्व चयन

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र ३, २०८१
3329 पटक हेरिएको
काठमाडौं महानगरमा प्रधानाध्यापक गोष्ठी भव्य रूपमा सम्पन्न, नयाँ नेतृत्व चयन

प्रधानाध्यापक संघ नेपाल, काठमाडौं महानगर समितिद्वारा आयोजित एक दिवसीय “प्रधानाध्यापक गोष्ठी कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं महानगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति जनकल्याण माविका प्रधानाध्यापक तथा प्यान मेट्रो समिति अध्यक्ष दीपकबाबु श्रेष्ठले गोष्ठीको अध्यक्षता गरेका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन प्रमुख अतिथिको रूपमा उपस्थित थिए। त्यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा.डा. बेदराज आचार्य, महानगर शिक्षा प्रमुख केशव ज्ञवाली लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

FB IMG 1742089339599

कार्यक्रममा प्यानल डिस्कसन, ईसीडी सेसन, र महानगर प्यान टिमको छनोट तथा घोषणा गरिएको थियो। कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले शिक्षाको गुणस्तर सुधार र नेतृत्व विकासका विषयमा छलफल गरेका थिए।

कार्यक्रममा दीपकबाबु श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय काठमाडौं महानगर प्यान टिम चयन गरिएको छ। टिमको उपाध्यक्षमा पद्मोदय माविका डा. शर्मिला पोखरेल, सचिवमा नन्दी माविका गीता काफ्ले, सहसचिवमा दरबार हाइस्कुलका सरदा पौडेल र कोषाध्यक्षमा कमल आधारभूतका मानबहादुर खड्का चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा नेपाल आदर्श माविका करुणा प्रधान, गुह्येश्वरी माविका निता पोखरेल, बाल सेवा माविका मन्जु पाठक, सिद्धि गणेश माविका मधुलाल गौतम, हिमालयन माविका सोनि श्रेष्ठ, विशेष विद्यालयका ज्योति खनाल, लोकहित आधारभूतका मिनराज न्यौपाने, मंगलादेवी माविका मधुसुदन ढुंगेल, महेन्द्र सरस्वती आधारभूतका पृथ्वी मगर, जनकल्याण आधारभूतका अर्जुन मुदवरी, धुम्रवराह माविका सुजाता राजलवट र हरिदास श्रेष्ठ चयन भएका छन्।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

FB IMG 1742089339599

FB IMG 1742089385165