ताजा अपडेट

ट्रेन्डिङ

सन्तति आविको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र ८, २०८१
1312 पटक हेरिएको
सन्तति आविको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

सृजनानगर नपलीस्थित सन्तति आधारभूत विद्यालयको ३७ औ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सरकारले संविधानमा उल्लेख भएको समाजवादउन्मुखको भावना विपरित कार्य गरिरहेको उल्लेख गर्दै भक्तपुर नगरपालिका आफ्नो क्षेत्रमा जनतालाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सेवा तथा सुविधाहरु सहज रुपमा दिइरहेको बताउनुभयो ।

उहाँले विगतमा भक्तपुरका अग्रजहरुको संघर्षको परिणाम स्वरुप भक्तपुर नगरपालिका नमुना नगरपालिकाका रुपमा काम गर्न सकेको उल्लेख गर्दै सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति नदिएर जनभावनाको अवमूल्यन गरेको बताउनुभयो ।
 उहाँले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक स्तर उकास्न भक्तपुर नगरपालिका लागिपरेको बताउनुहँुदै २१ औं शताब्दी सुहाउँदो विद्यार्थी उत्पादनमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले शिक्षा क्षेत्रलाई राम्रो बनाउन अग्रजको परिश्रम तथा योगदान महत्वपूर्ण रहेको भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन भक्तपुर नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका वडा नं १ मा रहेका सामुदायिक विद्यालय राम्रो बनाउन वडा कार्यालय अघि बढेको बताउँदै सन्तति आविको लागि आवश्यक ठाउँ बन्दोबस्त गर्न भक्तपुर नगरपालिकासंगै वडा पनि लागिरहेको जानकारी दिनुभयो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले विद्यालयको विकासका लागि स्थानीय जनताको साथ र सहयोग समेत महत्वपूर्ण उल्लेख गर्दै विद्यालय स्थानीय जनतासंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
 
नपली समाज सेवा समितिका उपाध्यक्ष शमशेर बहादुर न्हुछे प्रधानले विद्यार्थीहरुलाई साहित्य क्षेत्रमा समेत संलग्न गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

FB IMG 1742563174586 

विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयका गतिविधिहरु गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा थप कक्षाकोठा, शिक्षक, फर्निचर र सूचना तथा सञ्चार प्रविधि आवश्यक भएको उल्लेख गर्नुभयो ।  

विव्यसका अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक मधुमैया प्रधान, शिक्षक लक्ष्मी काफ्लेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कक्षागत रुपमा उत्कृष्टता शैक्षिक उपलब्धी  हासिल गर्नेे विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामगी्र वितरण गरिएको उक्त कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुले आआफ्नो सांस्कृतिक प्रस्तुतहरु प्रदर्शन गरेका थिए ।

सोही कार्यक्रममा नवनियुक्त शिक्षकहरु दीपक माक, सत्यराम कासिछ्वा, कृष्णमाया ढुकुछु तथा कृष्णमाया बस्नेतलाई स्वागत तथा निर्वतमान प्रअ प्रेमनाथ सुवाललाई विदाइ समेत गरिएको थियो ।