ताजा अपडेट

ट्रेन्डिङ

रोम्बस स्कूलमा विद्यार्थीहरूको हाटबजार: व्यापारिक सीपको अभ्यास

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र १०, २०८१
1438 पटक हेरिएको
रोम्बस स्कूलमा विद्यार्थीहरूको हाटबजार: व्यापारिक सीपको अभ्यास

रोम्बस नेशनल स्कूलले विद्यालय परिसरमा हाटबजारको आयोजना गरेको छ। हाटबजारमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक विभिन्न सामग्री बिक्री गरे। हाटबजारमा स्थानीय रूपमा उत्पादित ताजा सागपात तथा तरकारी, विभिन्न प्रकारका जुस, कफी, लोकप्रिय पानीपुरी लगायत स्वादिष्ट परिकारहरू राखिएका थिए।

विद्यार्थीहरूले आफैं ग्राहकहरूलाई आकर्षित गर्दै, आफ्ना सामानहरूको मूल्य निर्धारण गर्दै र बिक्री गरेर व्यवहारिक व्यापारिक ज्ञान हासिल गरे। विशेष गरी पानीपुरीको स्टलमा विद्यार्थीहरूको अत्यधिक भीड देखियो, जहाँ उनीहरूको सक्रियता र खुसीले हाटबजारको वातावरणलाई जीवन्त बनाएको थियो। त्यसैगरी, जुस र कफीका स्टलहरूमा शिक्षक तथा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

विद्यालयकी उपप्रधानाध्यापक अमृता ढकालले कार्यक्रमको उद्घाटन गर्दै यस्ता गतिविधिहरू विद्यार्थीहरूलाई सानै उमेरदेखि व्यवसायिक सीप, आत्मनिर्भरता र परिश्रमको महत्त्व सिकाउन आयोजना गरिएको बताइन्। उनले भनिन्, “यस्ता व्यवहारिक सीपहरूले विद्यार्थीहरूको भविष्यमा ठूला अवसरहरू सिर्जना गर्न मद्दत गर्दछन्।”

शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय सहभागिताले हाटबजारलाई थप सफल बनायो। विद्यार्थीहरूले यस कार्यक्रममार्फत सहकार्य, जिम्मेवारी वहन र व्यावहारिक व्यापारिक सीपहरू सिक्ने अवसर प्राप्त गरे।

रोम्बस नेशनल स्कूलले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ।

FB IMG 1743132512861