ताजा अपडेट

ट्रेन्डिङ

जूनियर एजुकेशन एक्सपो २०८१ सम्पन्न, विद्यार्थीहरूले पाए व्यावहारिक ज्ञान र पुरस्कार

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र ११, २०८१
1594 पटक हेरिएको
जूनियर एजुकेशन एक्सपो २०८१ सम्पन्न, विद्यार्थीहरूले पाए व्यावहारिक ज्ञान र पुरस्कार

विद्यार्थीहरूको शैक्षिक, मानसिक र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्या अर्जन इंग्लिश स्कूलले आयोजना गरिएको ‘जूनियर एजुकेशन एक्सपो २०८१’ भव्य रूपमा सम्पन्न भएको छ।

इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विरुवामा पानी अर्पण गरी उद्घाटन गरेको यो एक्सपो विद्यार्थी र अभिभावक दुवैका लागि एक शैक्षिक महोत्सव बनेको थियो।

एक्सपोको मुख्य आकर्षण व्यावहारिक सिकाइ (प्राक्टिकल नलेज) थियो। विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक प्रयोग र अनुभवमा आधारित सिकाइमा जोड दिइएको थियो। विद्या अर्जन इंग्लिश स्कूलका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले भने, “हाम्रो उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक रूपमा समस्या समाधान गर्न सक्षम बनाउनु हो। यस एक्सपोले उनीहरूलाई नयाँ प्रविधि, अनुसन्धान विधि र सीप सिक्न प्रेरित गरेको छ।”

FB IMG 1742830076450

एक्सपोमा व्यावसायिक तथा जीवन उपयोगी सीपहरू जस्तै टिम वर्क, नेतृत्व विकास, समस्या समाधान र वित्तीय साक्षरताका साथै स्वास्थ्य तथा सुरक्षासम्बन्धी प्रशिक्षण पनि प्रदान गरिएको थियो। प्राथमिक उपचार र आपतकालीन स्थितिमा कसरी सामना गर्ने भन्ने बारेमा विद्यार्थीहरूले महत्त्वपूर्ण जानकारी प्राप्त गरे।

20250324 211743

20250324 211900

अभिभावक बलराम न्हिसुतूका अनुसार, “विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा प्राप्त गर्न सके उनीहरूको सिकाइ अझ प्रभावकारी हुन्छ। यस्ता कार्यक्रमले उनीहरूलाई वास्तविक जीवनका चुनौतीहरू सामना गर्न तयार पार्छ।”

कार्यक्रमका मुख्य अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विजेताहरूलाई पुरस्कार वितरण गर्दै भने, “विद्यार्थीहरूले व्यावहारिक ज्ञानमार्फत आफ्नो क्षमता देखाएका छन्। यस्ता कार्यक्रमले उनीहरूलाई वास्तविक जीवनमा सफल हुन सहयोग गर्छ।”

20250324 212413

‘जूनियर एजुकेशन एक्सपो २०८१’ विद्यार्थीहरूका लागि नयाँ प्रविधि सिक्ने, व्यावहारिक सीप विकास गर्ने र सिर्जनशीलताको अवसर प्रदान गर्ने एक महत्वपूर्ण पहल बनेको छ। विद्यार्थी, शिक्षक र अभिभावकहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

20250324 212809

20250324 212453