ताजा अपडेट

ट्रेन्डिङ

पारिजात विद्याकुञ्जमा नानीबाबुहरूको सम्मान: संस्कारसहितको शिक्षामा जोड

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र २४, २०८१
1614 पटक हेरिएको
पारिजात विद्याकुञ्जमा नानीबाबुहरूको सम्मान: संस्कारसहितको शिक्षामा जोड

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ रातोपाटीस्थित पारिजात विद्याकुञ्जले आफ्ना पूर्व नर्सरी, नर्सरी, एल.के.जी र यू.के.जी कक्षाका साना नानीबाबुहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

विद्यालयले आयोजना गरेको विशेष समारोहमा विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८१ मा हासिल गरेको सफलताको लागि पुरस्कृत गरिएको थियो भने उनीहरूले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल विक्रम थापाले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध विद्यालयको विकासका लागि अपरिहार्य रहेको बताए। उनले संस्कारसहितको शिक्षामा जोड दिँदै जंक फुड र मोबाइलको लतले बालबालिकाको सिकाइमा नकारात्मक असर पार्ने हुँदा घरमा अभिभावकले उचित सहयोग र प्रेरणा प्रदान गर्नुपर्ने कुरामा जोड दिए।

विद्यालयले यस वर्ष यूकेजी तहको अध्ययन सफलताका साथ सम्पन्न गरेका साना नानीहरूलाई दीक्षित गरेको थियो। शैक्षिक सत्र २०८१ मा कक्षा स्तरोन्नतिमा सफलता हासिल गर्ने १०५ जना विद्यार्थीलाई अभिभावकहरूकै उपस्थितिमा सम्मान गरिएको थियो। आफ्ना साना छोराछोरीहरूलाई सफलताको खुड्किलो पार गरेको देख्दा अभिभावकहरू हर्षित भएका थिए।

20250406 185131

कार्यक्रमको आकर्षणको रूपमा रहेको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनमोहक गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। साना नानीबाबुहरूको प्रतिभा र आत्मविश्वासले दर्शकहरूलाई उत्साहित बनाएको थियो।

कार्यक्रमको अन्त्यमा प्रिन्सिपल थापाले नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै ऐतिहासिक बिस्का जात्राको पनि शुभकामना दिएर कार्यक्रम समापन भएको घोषणा गरे। पारिजात विद्याकुञ्जले आयोजना गरेको यो सम्मान तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्नुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।

20250406 185212

IMG 20250406 WA0005

IMG 20250406 WA0006