ताजा अपडेट

ट्रेन्डिङ

हिमालय इङ्लिश सेकेण्डरी स्कूलको वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, चैत्र २६, २०८१
457 पटक हेरिएको
हिमालय इङ्लिश सेकेण्डरी स्कूलको वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिकाहरू देशको सम्पत्ति भएको बताउँदै असल नागरिक र समाज सेवाका लागि शिक्षाको महत्वमा जोड दिएको छ। हिमालय इङ्लिश सेकेण्डरी स्कूलको वार्षिक उत्सवमा बोल्दै उनले सन्तान राम्रो नभए धनसम्पत्तिको अर्थ नहुने बताए।

उहाँले अभिभावकलाई समान शिक्षा दिन आग्रह गर्दै छात्राको बढ्दो संख्याले भविष्यमा महिलाको उपस्थिति बढ्ने विश्वास व्यक्त गरे। अध्ययनलाई पैसा कमाउने नभई असल नागरिक बन्ने र समाज सेवा गर्ने उद्देश्य राख्नुपर्ने उनको भनाइ थियो। शिक्षा बिना प्रगति असम्भव रहेको भन्दै उहाँले निःशुल्क शिक्षाको आवश्यकता औंल्याए।

कार्यक्रममा वडाध्यक्ष हरिराम सुवालले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा हासिल गरी देशको सेवा गर्न प्रेरित गरे।

प्रधानाध्यापक शिवकुमार कोजूले व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै शिक्षकको मेहनत सफलताको आधार भएको बताए।

FB IMG 1744172737399

प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो भने सांस्कृतिक प्रस्तुति र विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो।

IMG 20250409 WA0016

IMG 20250409 WA0012

IMG 20250409 WA0014

IMG 20250409 WA0011

IMG 20250409 WA0015