ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनमा पूर्व प्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, चैत्र २७, २०८१
1014 पटक हेरिएको
विनायक शिक्षा निकेतनमा पूर्व प्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न

विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले चैत्र २७ गते पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूका लागि भव्य दीक्षान्त समारोह आयोजना गरेको छ।

‘सिप, संस्कार र प्रविधियुक्त शिक्षा: आजको आवश्यकता’ भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यालयका प्राधानाध्यापक सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व र वडा अध्यक्ष ज्ञानदास प्रजापतिको प्रमुख आतिथ्यता रहेको थियो।

सहायक प्राधानाध्यापक प्रेमप्रसाद निरौला, शिक्षाविद मनिराम घिमिरे, महिला वडा सदस्य अरुणा कारणजित र अभिभावक अतिथि सृष्टि शङ्खदेवले मन्तव्य राखेको उक्त कार्यक्रममा पूर्व प्रावी तह इन्चार्ज शोभा प्रजापतिले स्वागत गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राधानाध्यापक सुरेन्द्र विक्रम प्रजापतिले विनायक शिक्षा निकेतनले सधैँ शिक्षा, सीप, संस्कार र प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको बताए। उनले यस्तो शिक्षाले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति बनाउन मद्दत गर्ने विचार व्यक्त गर्दै अभिभावक र विद्यालय दुवैले आफ्ना बालबालिकाहरूलाई उचित शिक्षा र असल संस्कार प्रदान गर्नुपर्नेमा जोड दिए।

दीक्षान्त समारोहमा दीक्षित भएका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै मनमोहक गीत, नृत्य र नाटक प्रदर्शन गरेका थिए। उनीहरूले युग सुहाउँदो र जीवनोपयोगी शिक्षा प्रदान गर्ने आफ्ना गुरुआमाहरू र सम्पूर्ण विद्यालय परिवारलाई कृतज्ञता ज्ञापन गरेका थिए।