ताजा अपडेट

ट्रेन्डिङ

अफवाहमा नपर्नुहोस्! कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै हुने!

Gyan Khabar

ज्ञानखबर

शुक्र, बैशाख ५, २०८२
2154 पटक हेरिएको
अफवाहमा नपर्नुहोस्! कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै हुने!

राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट संचालन हुने कक्षा १२ को वार्षिक परीक्षा स्थगित भएको भन्ने भ्रमपूर्ण समाचार सामाजिक संजालमा फैलिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै परीक्षाको आधिकारिक सूचना बोर्डको वेबसाइट www.neb.gov.np मार्फत मात्र सार्वजनिक गरिने स्पष्ट पारेको छ। विद्यार्थी, अभिभावक, शिक्षक लगायत सम्पूर्ण सरोकारवालालाई अन्य स्रोतबाट आएका भ्रामक सूचनामा विश्वास नगर्न बोर्डले हार्दिक अनुरोध गरेको छ।

परीक्षा नियन्त्रकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याड र अध्यक्षको स्क्यान गरिएको हस्ताक्षर प्रयोग गरी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूलाई साइबर कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।”

बोर्डले विद्यार्थीहरूलाई आधिकारिक वेबसाइटमा प्रकाशित सूचनालाई मात्र विश्वास गरी धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह गरेको छ। साथै, सहज वातावरणमा परीक्षा सम्पन्न गर्न अभिभावक, शिक्षक र प्रधानाध्यापकहरूलाई समन्वय र सहयोग गर्न अपील गरेको छ।

FB IMG 1744969236779neb