ताजा अपडेट

ट्रेन्डिङ

रोम्बस स्कुलमा कक्षा ११ को अभिमुखिकरण तथा चियापान सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, जेष्ठ १३, २०८२
624 पटक हेरिएको
रोम्बस स्कुलमा कक्षा ११ को अभिमुखिकरण तथा चियापान सम्पन्न

रोम्बस सेकेन्डरी स्कुलले कक्षा ११ को शुभारम्भ तथा अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायका अगुवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

rh 11 01

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुले भने, “यो मेरो लागि एउटा सपना साकार भएको क्षण हो। हामी उच्च गुणस्तरीय शिक्षा प्रदान गरेर यस क्षेत्रमा नयाँ आयाम थप्न चाहन्छौं।”

विद्यालयले पहिलो ५० जना भर्ना भएका विद्यार्थीहरूलाई ५०% शुल्क छुट प्रदान गरेको छ।

स्थानीय अभिभावक तथा समर्थकहरूले रोम्बस सेकेन्डरी स्कुल कक्षा १२ सम्म सञ्चालन हुने भएपछि खुशी व्यक्त गरेका छन्।

विद्यालयले आधुनिक शिक्षण विधि, अनुभवी शिक्षक र आवश्यक भौतिक पूर्वाधारमा विशेष ध्यान दिएको छ।

यसैबीच, विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया जारी राखेको जानकारी गराएको छ।