प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय शिक्षाको हव हुने बताएको छ। विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले सरकारले लक्ष्यअनुसार काम गर्ने र विश्वविद्यालय गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले ज्ञान र दर्शनको महत्त्वपूर्ण केन्द्र मानिने यस क्षेत्रमा पहिलो पटक दीक्षान्त समारोह हुनुले विगतको पिछडिएको अवस्थालाई संकेत गरेको बताए। “शासकीय स्वार्थीपन र कु-व्यवस्थाका कारण यो ठाउँ पछि परेको थियो, तर अब वास्तविक लोकतन्त्रको अभ्यास गर्दै अघि बढ्ने छौँ” उनले भने ।
राजर्षि जनकको नाममा विश्वविद्यालयको नामाकरण हुनु ऐतिहासिक महत्त्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँबाट दीक्षित विद्यार्थीहरू विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरे।
