ताजा अपडेट

ट्रेन्डिङ

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री

Gyan Khabar

ज्ञानखबर

आइत, असार १, २०८२
839 पटक हेरिएको
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको निष्पक्षता र योग्यतामा जनताको गहिरो विश्वास रहेको बताएको छ। आयोगको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निजामती, सुरक्षा निकाय तथा अन्य संगठित संस्थाहरूमा पदपूर्तिका लागि आयोगले दिएको योगदानको उच्च प्रशंसा गरे।

प्रधानमन्त्री ओलीले आयोगले योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल र नेपालीको चाहना अनुरूप कार्य गर्न आवश्यक जनशक्ति छनोटमा आयोगले परीक्षा प्रणालीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउँदै आएकोमा खुशी व्यक्त गरे।

“आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार सधैं तत्पर रहनेछ।”

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस समारोहमा प्रधानमन्त्री ओलीले आयोगले युवा पुस्तामा राष्ट्रसेवाका लागि विश्वासको वातावरण सिर्जना गरी सबैलाई प्रेरित गर्न निरन्तर भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे। लोकसेवा आयोगको निष्पक्षता र पारदर्शी प्रक्रियाले योग्य र सक्षम व्यक्तिहरूलाई राष्ट्रसेवामा आबद्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ, जसले गर्दा आयोगप्रति जनविश्वास अझ प्रगाढ भएको छ।