ताजा अपडेट

ट्रेन्डिङ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

Gyan Khabar

ज्ञानखबर

शुक्र, असार १३, २०८२
972 पटक हेरिएको
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सफलतापूर्वक प्रकाशित गरेको छ। केही समयअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक भएसँगै लाखौं विद्यार्थी र अभिभावकहरूमा उत्साह छाएको छ।

यस वर्ष शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा केही ढिलाइ भए पनि अन्ततः नतिजा प्रकाशन भएको छ। यस वर्षको एसईईमा कुल ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए, जुन गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी हो।

यस वर्षको एसईईमा ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड भएका छन्, जुन शैक्षिक प्रगतिको सकारात्मक सूचक हो। नतिजाअनुसार, ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेको छ।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ जना रहेको छ भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन्।

यसैगरी, २.४ देखि २.८ जीपीए सम्म ४८ हजार ४७९ जनाले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन्। ८ जना विद्यार्थीले १.६ देखि २ जीपीएभन्दा कम प्राप्त गरेका छन् भने १२६ जनाको परीक्षा रद्द गरिएको छ।