ताजा अपडेट

ट्रेन्डिङ

जेएस मुरारका क्याम्पसको शैक्षिक सुधारका लागि अनुगमन समिति गठन,

Gyan Khabar

ज्ञानखबर

बुध, असार १८, २०८२
343 पटक हेरिएको
जेएस मुरारका क्याम्पसको शैक्षिक सुधारका लागि अनुगमन समिति गठन,

लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। बुधबार बिहान बसेको क्याम्पस सञ्चालक समितिको बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुख महेश प्रसाद चौधरीले सामुदायिक शैक्षिक संस्थामा विद्यार्थी पलायन रोकी शैक्षिक स्तर उकास्नका लागि यो पहल थालिएको बताए। “नगरपालिका लगानी गर्न तयार छ, तर परिणामका लागि निगरानी आवश्यक छ,” उनले भने।

अनुगमन समितिमा प्रदेशसभा सदस्य चौधरी, क्याम्पस प्रशासन, प्राध्यापक सङ्घ, स्वतन्त्र विद्यार्थी युनियन र सञ्चालक समितिका सदस्यहरू रहनेछन्। प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले सहर्ष रूपमा संयोजकत्वको जिम्मेवारी सम्हाल्दै जेएस मुरारका क्याम्पसलाई प्रदेशकै नमुना क्याम्पस बनाउने प्रतिबद्धता व्यक्त गरे।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीय चिह्न प्रत्ययन (QAA) प्राप्त यस क्याम्पसमा समयमा कोर्स पूरा नहुने, पुस्तकालय र विज्ञान प्रयोगशालाको व्यवस्थापन तथा विद्यार्थीको नियमिततामा देखिएका समस्याहरू समाधानका लागि यो समिति गठन गरिएको हो।

२०४४ सालमा स्थापित यस क्याम्पसले मानविकी, शिक्षा, विज्ञान, वाणिज्य सङ्काय र राजर्षि जनक विश्वविद्यालयबाट MBA समेत सञ्चालन गरिरहेको छ।