काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि नगरपालिका अन्तगर्तका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ।
भक्तपुर नगरभित्रका विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्ति कोटाअन्तर्गत उपलब्ध हुनेछ, जसमध्ये ३३ प्रतिशत छात्रवृत्ति नगरपालिकाको विशेष निर्णयअनुसार छनोट गरिनेछ। आफ्नो उच्च शिक्षाको सपना साकार पार्न चाहने मेहनती विद्यार्थीहरूका लागि यो एउटा उत्कृष्ट अवसर हो। यो छात्रवृत्तिले आर्थिक भार कम गर्न मद्दत गर्नेछ र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट kathmandu.gov.np वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने आवेदन दिनु भनिएको छ।
२०८२ असार १८ गते बुघबार देखि असार २७ गते शुक्रबार सम्म अनलाइन आवेदन दिन सकिने जनाएको छ। छात्रवृत्ति परीक्षा २०८२ साउन ३ गते शनिबार बिहान ८:०० बजे सञ्चालन हुने जनाएको छ।
