ताजा अपडेट

ट्रेन्डिङ

किकम्पा मन्टेसरीमा अभिभावक भेला सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, असार २०, २०८२
408 पटक हेरिएको
किकम्पा मन्टेसरीमा अभिभावक भेला सम्पन्न

सूर्यविनायक नगरपालिका-८, इतबुँस्थित किकम्पा मन्टेसरी (प्रि-स्कूल) मा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयद्वारा आयोजित अभिभावक भेलामा ३१ जना अभिभावकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले बालबालिकाहरूको चौतर्फी विकासका लागि आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरूलाई ‘राम्रो र सराहनीय’ भन्दै खुलेर प्रशंसा गरेका छन्।

किकम्पा मन्टेसरीका प्रिन्सिपल राजेश लाखाले अभिभावकहरूको सकारात्मक प्रतिक्रियाले आफूहरूलाई थप ऊर्जा मिलेको बताए। उनले विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई अझ बढी प्रभावकारी र बालमैत्री बनाउन निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरे।