ताजा अपडेट

ट्रेन्डिङ

किकम्पा मन्टेसरीमा अभिभावक भेला सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, साउन ४, २०८२
395 पटक हेरिएको
किकम्पा मन्टेसरीमा अभिभावक भेला सम्पन्न

सूर्यविनायक नगरपालिका-८, इतबुँस्थित किकम्पा मन्टेसरी (प्रि-स्कूल) मा दोस्रो अभिभावक भेला सम्पन्न भएको छ। सो भेलामा उल्लेखनीय अभिभावकहरूको सहभागिता रहेको थियो।

भेलामा उपस्थित अभिभावकहरूले विद्यालयले बालबालिकाहरूको चौतर्फी विकासका लागि आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरूलाई ‘राम्रो र सराहनीय’ भन्दै खुलेर प्रशंसा गरेका थिए।

received 2068550387003068

स्कूलका प्रिन्सिपल राजेश लाखाले अभिभावकहरूको सकारात्मक प्रतिक्रियाले आफूहरूलाई थप ऊर्जा मिलेको बताउँदै बालबालिकाको सिकाइ प्रक्रियालाई अझ बढी प्रभावकारी र बालमैत्री बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

received 1405488027399276