ताजा अपडेट

ट्रेन्डिङ

ताप्लेजुङमा एसईईका उत्कृष्ट शेर्पा विद्यार्थीहरू सम्मानित

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन ९, २०८२
242 पटक हेरिएको
ताप्लेजुङमा एसईईका उत्कृष्ट शेर्पा विद्यार्थीहरू सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने ताप्लेजुङका शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी सङ्घले सम्मान गरेको छ। जिल्ला प्रथम हुने लार्के शेर्पासहित ४९ जना शेर्पा विद्यार्थीहरूलाई हौसला प्रदान गर्न सङ्घले यो सम्मान कार्यक्रम आयोजना गरेको हो।

नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङका अध्यक्ष मिङ्मा दिकी शेर्पाका अनुसार, एसईई उत्तीर्ण भएका जिल्लाभरका ४८ जना शेर्पा विद्यार्थी र जिल्ला दोस्रो हुन सफल प्रितम गुरुङ गरी कुल ४९ जनालाई सम्मान गरिएको हो। यस वर्ष लार्के शेर्पाले ३.९१ जीपीए ल्याएर जिल्लामा प्रथम स्थान हासिल गरेका थिए भने गुरुङले ३.८६ जीपीए सहित दोस्रो स्थानमा रहेका छन्।

शुक्रबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान पत्रका साथ सम्मान गरिएको अध्यक्ष शेर्पाले बताए। शेर्पा विद्यार्थी सङ्घले विगतदेखि नै एसईई उत्तीर्ण शेर्पा विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ।