ताजा अपडेट

ट्रेन्डिङ

ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा सुर्योदय विजयी

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन १६, २०८२
382 पटक हेरिएको
ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा सुर्योदय विजयी

एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल, ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरूबीच २०८२ श्रावण १५ गते अन्तर विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ। सदस्य विद्यालय बिमल मेमोरियल बिद्दापिठको कार्यक्रम हलमा सम्पन्न उक्त कार्यक्रममा १० वटा सदस्य विद्यालयले सहभागिता जनाएका थिए।

कक्षा एक देखि पाँच सम्म अध्ययनरत विद्यार्थीहरु समावेश गरिएको उक्त कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त विद्यालय तथा विद्यार्थीहरुलाई संस्थाका अध्यक्ष जी.वी. खड्काले ट्रफी प्रदान गरेका थिए। कार्यक्रमको संचालन सदस्य विद्यालय सेन्ट जोन्स ईङ्ग्लिस स्कुलका प्रिन्सिपल देव भट्टले गरेका थिए।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेर सुर्योदय सेकेण्डरी स्कुलले प्रथम स्थान हासिल गरेको थियो। त्यसैगरी पारीजात बिद्याकुञ्जले दोस्रो, सेन्ट जोन्स ईङ्ग्लिस सकुलले तेस्रो र युनिटी ईङ्ग्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

यस शैक्षिक सत्रमा ईप्सनले गरेको यो छैठौ कर्यक्रम हो। श्रावण २२ गते आधारभुत तहको वादविवाद प्रतियोगिता हुने जानकारी दिए। कक्षा ८, ९ र १० का विद्यार्थीलाई दुई चरणमा उत्प्रेरणामुलक कार्यक्रम, लिडर टिचरहरुका लागि लिडरशिप तालिम, कक्षा १, २ र ३ का शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम तालिम र लेखापालहरुका लागि तालिम सम्पन्न भैसकेको छ। त्यसैगरी संस्थाले सदस्य विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकहरुका लागि कक्षाकोठा ब्यबस्थापनको तालिम श्रावण ३१ गते शनिवार एवं प्रश्नपत्र निर्माण गोष्टी पनि केहि दिनमा राख्दै छ।

Messenger creation A7169D7F 4ABC 466B 9747 234F6219C9B7

यसरी ईप्सन भक्तपुर आफ्ना सदस्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको व्यक्तिगत तथा शैक्षिक बृद्दि र विकासका लागि निरन्तर लागिपरिरहेको छ।