सूर्यविनायक स्थित ज्योति ज्ञान एकेडेमी सेकेण्डरी स्कूलमा कक्षा P.G. देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागितामा ‘वर्षा दिवस’ र ‘मित्रता दिवस’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको P.G. देखि S.KG सम्मका साना बालबालिकाहरूले वर्षासम्बन्धी विभिन्न गतिविधिहरू र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएर सबैलाई मन्त्रमुग्ध पारेका थिए।
दोस्रो मुख्य आकर्षण भने कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूबीचको मित्रता दिवस बन्यो। यस अवसरमा विद्यार्थीहरूले एक-आपसमा ‘मित्रता ब्यान्ड’ बाँधेर मित्रताको प्रतीक आदान-प्रदान गरेका थिए।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आपसी मित्रता, सहयोग र समझदारी बढाउन मद्दत गर्दछ। विद्यालयले हरेक वर्ष यस्ता सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।