वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि भाद्र २७ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदैछ।
कार्यक्रमका संयोजक नविन्द्रलाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने छन् । यसका लागि श्रावण २६ गते सम्म दर्ता गर्ने समय तोकिएको छ। अडिसन भने भाद्र २७ मंगलवार बिहान ११ बजे देखि हुने जानकारी प्राप्त भएको छ।
सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, गायक तथा संगितकार गनु राज राई र गायिका सरिता प्रजापति रहने जनाएको छ।
कार्यक्रममा साउण्ड पार्टनरका रूपमा बास साउण्ड, रेडियो पार्टनरको रूपमा भक्तपुर एफएम, अनलाइन मिडिया पार्टनर ज्ञानखबर (gyankhabar.com) तथा एबिसिडी खबर, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सनम मेकअप स्टुडियो रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीतग्राम गुरुकुल नेपाल तथा विवेक साउण्ड स्टुडियोले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेकाे जनाएको छ।
स्मरणीय छ भ्वाइस अफ वागीश्वरी प्रथम २०७२, दोस्रो २०७८ सालमा र तेस्रो संस्करण २०८० सालमा सम्पन्न भएको थियो।