ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा एकल तीज नृत्य प्रतियोगिता

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ ९, २०८२
194 पटक हेरिएको
विनायकमा एकल तीज नृत्य प्रतियोगिता

हाम्रो संस्कृति हाम्रो गौरव र पहिचान: सांस्कृतिक संरक्षण र प्रवर्द्धन विनायकको अभियान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८२ भाद्र ९ गते अन्तरविद्यालय स्तरीय एकल तीज नृत्य प्रतियोगिताको आयोजना गरेको छ।

विद्यालयको लिडर्स क्लबको संयोजनमा आयोजित उक्त प्रतियोगितामा कक्षा ५, ६ र ७ का विद्यार्थीहरु सहभागी भएका थिए । कक्षा ५ ,६ र र ७ बाट पहिलो चरणमा छनोट गरी १३ जना विद्यार्थीहरु सहभागी भएको उक्त एकल तीज नृत्य प्रतियोगितामा युनिशा श्रेष्ठ प्रथम ,स्वस्तिका श्रेष्ठ द्वितीय,अनुश्री प्रजापति तृतीय र निलिसा बज्रचार्यले सान्तना पुरस्कार प्राप्त गर्न सफल भएका थिए। कार्यक्रममा निर्णायकको रुपमा वरिष्ठ नृत्य निर्देशकहरू दिपक बज्राचार्य र कृष्णचन्द्र रहनुभएको थियो भने अप्रतियोगी रुपमा धेरै विद्यार्थीहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको सभापतित्व र संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सांस्कृतिक संरक्षणमा विद्यालय तथा विद्यार्थीहरूको अहम भूमिका रहने भएकोले आआफ्नो संस्कृति संरक्षण र सम्बर्धनमा लाग्नुपर्ने कुरा बताउँदै हरितालिका तीजको सम्पूर्ण महानुभावहरुमा शुभकामना प्रदान गर्नुभएको थियो