ताजा अपडेट

ट्रेन्डिङ

शरीर मस्तिष्क स्वस्थ भए पढाइमा पनि अवल हुने: अध्यक्ष थापा

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ ९, २०८२
818 पटक हेरिएको
शरीर मस्तिष्क स्वस्थ भए पढाइमा पनि अवल हुने: अध्यक्ष थापा

“खेलकुद शारीरिक स्वास्थ्यका लागि मात्रै खेलिदैन,मनलाई स्वस्थ राख्न पनि हाे।” उक्त विचार संस्थागत विद्यालय संघ,नेपाल इसानकाे केन्द्रीय अध्यक्ष प्रेमजन थापाले शैक्षिक वर्ष २०८२ मा भनपा र इसानद्रारा आयोजना गरिने खेल प्रतियोगितामा सहभागी गर्न विद्या आर्जन इङलिस बाेर्डिङ स्कुलका विद्यार्थीहरूको लागि जर्सी सार्वजनिक कार्यक्रममा ब्यक्त गरेको हाे।

प्रमुख अतिथि थापाले शरीर मस्तिष्क स्वस्थ भयाे भने पढाइमा  पनि अवल हुने भएकोले अनुशासनमा खेल्नुपर्ने आवश्यकता औंल्याउँदै स्वस्थ मानिस देशकाे सार्वभौमसत्ता जाेगाउन उपयाेग गर्न सकेमा सुनमा सुगन्ध हुने कुरा बताए ।

अर्को अतिथि भनपा वडा नं ५ काे वडा सदस्य एवं विद्यालय ब्यवस्थापन समिति सदस्य नारायण प्रसाद त्वानाबासुले भक्तपुरकाे शैक्षिक विकासमा विद्यालयले याेग्दान गरेकाे चर्चागर्नुहुदै शिक्षा प्राप्तिको लागि  विभिन्न जिल्लाबाट पढ्न आएकाे बताए। भनपाले शैक्षिक संस्था संचालन गरि देशकाे सवा गरिरहेको बताए ।

va img 02

विद्यालयका प्रिन्सिपल पुरुषाेत्तम ग्वाछाले प्रति खेलाडीहरुकाे लागि  रु ७४५००/- काे  दुर्घटना बिमा गरिएको जानकारी दिनुहुदै अतिथि तथा शिक्षक एवं खेलाडीहरुलाई धन्यवाद दिए। कार्यक्रम संचालन शिक्षक रन्जन फाजु र रत्न प्रसाद क्वाँकाे अध्यक्षतामा भएको थियाे।