ताजा अपडेट

ट्रेन्डिङ

असोज १९ र २० गते सार्वजनिक बिदा

Gyan Khabar

ज्ञानखबर

शनि, अशोज १८, २०८२
1045 पटक हेरिएको
असोज १९ र २० गते सार्वजनिक बिदा

नेपाल सरकार, गृह मन्त्रालयले एक सूचना जारी गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा हुने जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध भएको छ ।

वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुवान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्वन्धित कार्यालयहरु वाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारीको सहित सो सूचना प्रकाशित गरिएको छ ।

साथै उक्त अवधिभर अत्यावश्यक काम नपरी घर वाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालय हार्दिक अनुरोध गरिएको छ ।

Gkpublicholiday