ताजा अपडेट

ट्रेन्डिङ

नगरव्यापी फुट्सल प्रतियोगितामा विनायक शिक्षा निकेतन प्रथम

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर १४, २०८२
259 पटक हेरिएको
नगरव्यापी फुट्सल प्रतियोगितामा विनायक शिक्षा निकेतन प्रथम

शिक्षाका साथसाथै खेलकुदको क्षेत्रमा अब्बल मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल फुट्सल प्रतियोगितामा प्रथम भएको छ। मध्यपुर प्याब्सनद्वारा यही मङ्सिर ११ गतेदेखि १४ गतेसम्म आयोजित अन्तरनगरव्यापी विद्यालय स्तरीय फुट्सल प्रतियोगितामा ३२ वटा टिमलाई पछि पार्दै विनायक शिक्षा निकेतन प्रथम हुन सफल भएको छ।

प्रतियोगिताको सेमीफाइनलमा एडभान्स एकेडेमीलाई ४- ० र फाइनलमा सीबीएम स्कुललाई ४-१ ले हराउँदै विनायक प्रथम हुन सफल भएको हो। अब मध्यपुर ठिमीको उत्कृष्ट टिमको हैसियतले अन्य तीन टिम सहित यही मङ्सिर १६ र १७ गते भक्तपुर प्याप्सनद्वारा आयोजित जिल्लास्तरीय फुट्सल प्रतियोगितामा भाग लिन गइरहेको छ।

प्रतियोगितामा प्रथम हुन सफल सम्पूर्ण खेलाडीहरूलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अझ उत्कृष्ट सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।साथै जिल्लास्तरीय फुट्सलमा पनि उत्कृष्टताका लागि अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो।